शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुबर्इमा तिज बिशेष साँझ२०७४ सम्पन्न

शनिबार, ०३ भदौ २०७४, २० : ३३
शनिबार, ०३ भदौ २०७४

बिनोद श्रेष्ठ
यूएर्इ – हिन्दु महिलाहरूको महान् पर्ब हरितालिका तिजको अबसर पारेर दुबर्इमा तिज बिशेष साँझ (२०७४) भब्य रूपमा सम्पन्न भएको छ।
रूपन्देही सेवा समाज युएर्इको आयोजनामा गत शुक्रबार दुबर्इ स्थित होली डे,र्इन होटलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक खुमन अधिकारी तथा गायिका निर्मला थापामगर साथै डान्सर बिना थापाको बिशेष प्रस्तुती रहेको उक्त तिज बिशेष साँझ २०७४ मा स्थानिय नेपाली कलाकारहरूको पनि प्रस्तुति रहेको थियो।

रूपन्देही सेवा समाज यूएर्इको अध्यक्ष हरी चाँपागार्इको सभापतित्व तथा नेपाली राजदुताबास युएर्इको कार्यबाहक राजदुत नेत्र बहादुर टण्डनको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा सोसल क्लब युएर्इका अध्यक्ष शालिक सुबेदी, नेपाली समाज युएर्इका निबर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटा एनआरएन युएर्इका उपाध्यक्ष रमेश श्रेष्ठ बिभिन्न राजनितिक भातृ संगठनका प्रमुख लगाएत ब्याबसायी, पत्रकार तथा नेपाली दाजभार्इ दिदिबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अथिति युएर्इका लागी नेपाली कार्यबाहक राजदुत नेत्र बहादुर टण्डनले प्रबासमा रहेर पनि नेपालीहरुले आफ्नो कला र संस्कृतिको संरक्षण गर्दै विभिन्न चाडपर्वहरु मनाउँदै आएमा आफु खुशि रहेको बँताए। 

संस्थाको अध्यक्ष हरी चाँपागार्इले अनाथ बालबालिकाको सहयोगार्थ कार्यक्रम गरिएता पनि गत केही दिन अघि गएको बाढी पहिरोमा परी बिचल्लीमा परेका परिवारहरूलार्इ आर्थिक सहयोग गरिने बताए।

कार्यक्रममा नेपाली समाज युएईका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद सापकोटा र एनआरएन युएईका वरिष्ठ उपाध्यक्ष रमेश श्रेष्ठ छुट्टाछुट्टै शुभकामना मन्तव्य राखेका थिए। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप