बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानाध्यापकले कक्षा ११ मा पढ्ने छात्रलाई पाइन्ट फुकालेर सबैको अगाडि कुटे, गरे आत्महत्या

शनिबार, १४ मङ्सिर २०७६, १२ : ३१
शनिबार, १४ मङ्सिर २०७६

भारतको लुधियानास्थित एक कलेजमा शिक्षक–प्रधानाध्यापकद्वारा एक विद्यार्थीमाथि कुटपिटको घटना सार्वजनिक भएको छ । शिक्षिका र प्रधानाध्यापकले छोटो पाइन्ट र हेयर स्टाइलका लागि बारम्बार बेल्टले कुटेको र पाइन्ट उतारेका कारण दुःखी ११ कक्षाका विद्यार्थी धनञ्जय तिवारी (१७) ले शुक्रबार बेलुका झुण्डिएर आत्महत्या गरेका छन् । मृत्युअघि धनञ्जयले भिडियो बनाए जसमा उनले प्रधानाध्यापक र शिक्षिकालाई दोषी बताएका छन् ।

शुक्रबार करिब ३ बजे धनञ्जयकी आमा मिथिलेश राती छतमा जाँदा छोरालाई झुण्डिरहेको र तड्पिरहेको अवस्थामा देखिन् । उनको अस्पताल पुर्याउने बेला बाटोमा नै मृत्यु भएको भारतीय संचार माध्यमले बताएका छन् । पुलिसले प्रधानाध्यापक सरोज शर्मा, निर्देशक प्रभुदत्त र शिक्षिका पुनमविरुद्ध मुद्दा दर्ता गरिएको छ । सबै आरोपी फरार छन् ।

‘प्रताडित गरियो’

धनञ्जयका पिता बृजराम तिवारी (४०) ले बताए अनुसार पहिला धनञ्जय प्राइभेट स्कूलमा पढ्थे, १० कक्षामा ९३ प्रतिशत ल्याएका थिए । त्यसपछि ११ कक्षाका लागि उनी सिनियर सेकेन्डरी स्कूलमा भर्ना भए । शिक्षिका पुनमले उनलाई हेयर स्टाइल र छोटो पाइन्ट लगाएको भन्दै बेल्टले पिट्ने गर्थिन् । पुनमले धनञ्जयकी आमालाई स्कूलमा बोलाएर उनको अगाडि पनि पिटेकी थिइन् । जब आमाले विरोध गरिन् तब उनलाई धक्का दिएर निकालियो ।

बृजरामले थपे, ‘त्यसपछि हामीले स्कूलमै नयाँ पाइन्ट किन्यौं तर त्यो पनि छोटो भयो । बुधबार शिक्षिका पुनमले नै पुनः उनलाई हात बाँधेर कुटिन् र उनलाई प्रधानाध्यापक सरोज शर्मा र डायरेक्टर प्रभुदत्त भएठाउँ लिएर गइन् । प्रधानाध्यापक र डायरेक्टरले उनको पाइन्ट फुकालिलिए  सबैको अगाडि कुटे ।  धनञ्जयले यो सहन सकेनन् । बिहिबार उनी स्कूल गएनन् र केही पनि नखाई यत्तिकै बसिरहे । आमालाई छतमा गएर एकछिन पढ्ने र त्यसपछि मात्रै तल झर्ने उनले बताए । धेरै बेरसम्म कोठामा नआएपछि आमा कौसीमा जाँदा छोरालाई झुण्डिएको अवस्थामा भेटिन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप