बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महिला डाक्टरको बलात्कारपछि हत्याको घटनापछि रिसमा देखियो बलिउड

शनिबार, १४ मङ्सिर २०७६, ०९ : ३०
शनिबार, १४ मङ्सिर २०७६

हैदराबादमा एक महिला पशु चिकित्सकमाथि भएको बलात्कार र हत्याको घटनापछि भारतमा मात्रै नभई यसले विभिन्न स्थानमा खैलाबैला मच्चाएको छ । घटनाबारे जानकार हरेकले आरोपीका लागि कडा सजायको माग गरिरहेका छन् । यो खबरले बलिउडलाई पनि स्तब्ध पारेको छ । खबर सुनेपछि नायक अक्षय कुमारले ट्वीटरमार्फत् आफ्नो रोष व्यक्त गरेका छन् । उनले तमिलनाडु, राँची बलात्कारको घटना र निर्भया केसबारे पनि कुरा गरेका छन् ।

अक्षय कुमारले ट्वीटरमा लेखे, ‘चाहे त्यो हैदराबाद बलात्कार मुद्दा होस्, तमिलनाडु बलात्कार केस होस् वा राँचीमा वकिलकी छात्रामाथि भएको सामुहिक बलात्कार, हामी एक समाजको रुपमा हारिरहेका छौं । सबैलाई भित्रैदेखि हल्लाएको निर्भया घटना भएको सात वर्ष पुगिसक्यो र हाम्रो नैतिकता अहिलेपनि छिन्न भिन्न छ । हामीलाई कडा नियमको आवश्यकता छ । यो अब बन्द हुनुपर्छ ।’

यो ट्वीटमा अक्षय कुमारको रोष स्पष्ट देख्न सकिन्छ । अक्षय कुमाबाहेक बलिउडसँग सम्बन्धित थुप्रै अन्य व्यक्तिले पनि यसमा दुःख जताउँदै रिस पोखेका छन् । यसमा फरहान अख्तर, शबाना आजमी, टिभी शो क्राइम पेट्रोलका प्रस्तोता नायक अनूप सोनी र नायिका यामी गौतम समावेश छन् ।

अभिनेता फरहान अख्तरले लेखे, ‘ती व्यक्तिहरुले महिला डाक्टरमाथि जे गरे त्यसले के याद दिलाउँछ भने यस्तो मामलामा तत्काल सुनुवाई र न्याय नदिलाउँदा हामीले आफ्नो समुदायलाई कतिसम्म असुरक्षित बनाएका छौं । यो दुःखद घडीमा मेरो समवेदना त्यो परिवारसँग छ ।’

यसबाहेक अभिनेत्री शबाना आजमीले ट्वीटरमा लेखिन्, ‘त्यो आतंक, त्यो क्रुरता । यी राक्षसलाई उनीहरुको कुकृत्यको सजाय पाउनुपर्छ । मलाई उनको परिवारका लागि दुःख छ ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप