शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी श्रीलंका

शुक्रबार, १३ मङ्सिर २०७६, २२ : ५६
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलको सेमिफाइनलमा नेपालले श्रीलंका प्रतिद्वन्द्वी पाएको छ । नेपाल समूह ‘ए’ उपविजेता र श्रीलंका समूह ‘बी’ को विजेता बनेको हो । श्रीलंकाले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएर समूह ‘बी’ को विजेता बन्यो । पाकिस्तान नआएका कारण माल्दिभ्स उपविजेता बन्यो ।

पाकिस्तान नआएसँगै दुवै टोलीले वाकओभर पाएका थिए । अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारत र समूह ‘बी’ को उपविजेता माल्दिभ्स भिड्नेछन् । नेपाल र श्रीलंकाको सेमिफाइनल खेल शनिबार साँझ ७ः०० बजे र भारत र माल्दिभ्सको खेल ५ः०० बजे हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप