शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इराकी प्रधानमन्त्रीद्वारा राजिनामाको घोषणा

शुक्रबार, १३ मङ्सिर २०७६, २२ : ४९
शुक्रबार, १३ मङ्सिर २०७६

बग्दाद । इराकका प्रधानमन्त्री अदेल अब्देल मेहदीले राजिनामा दिने घोषणा गरेका छन् । उनले राजिनामा पत्र संसदमा पेश गर्ने तयारी गर्नुभएको अधिकारीहरुले शुक्रबार जनाएका छन् । 

इराकी सिया धर्मगुरूले भ्रष्टाचारविरोधी आन्दोलनले हिंसात्मक रूप लिएपछि मन्त्रीमण्डलमा फेरबदलका लागि सुझाब दिएका थिए । सरकार परिवर्तनको माग गर्दै दैनिक विरोध प्रदर्शन भइरहेपछि उनले शुक्रबार राजिनामा दिने घोषणा गरेका हुन् । 

‘मैले प्रधानमन्त्री पदबाट दिएको राजिनामा संसदमा पेस गर्नेछु,’ उनले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ ।  इराकमा झण्डै दुई महिनादेखि भइरहेको रक्तपातपूर्ण आन्दोलनका क्रममा ४०० भन्दा बढीको मृत्यु भएको छ भने अरु १५ हजार भन्दा बढी घाइते भएका छन् ।

पछिल्लो विवरण अनुसार दक्षिणी धिकार राज्यको राजधानी नासिरियालगायत देशभरका विभिन्न ठाउँमा भएका झडपमा परी ४५ प्रदर्शनकारी मारिएका थिए । –एएफपी/Photo: Reuters

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप