प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जना पक्राउ
शुक्रबार, १३ मङ्सिर २०७६, १६ : ०३
काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकी खसीबजारमा प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाजुरा त्रिबेणी नगरपालिका-४ घर भई काठमाडौं कलंकी बस्ने किर्तिपुर नगरपालिकाको सिभिल ईन्जिनियर २६ वर्षीय उपेन्द्र बहादुर साउद र ललितपुर गोदावरी नगरपालिका-१० घर भई काठमाडौं कलंकी बस्ने २६ वर्षीय महेश पण्डित रहेका छन् ।
उक्त स्थानमा बा.८८ प ७५८५ नम्बरको मोटरसाइकललाई महानगरीय प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले मदिरा सेवन गरी चलाएकोले कागजपत्र माग्दा उक्त नगद दिई प्रलोभनमा पार्न खोजेपछि उक्त नगद सहित मोटरसाइकल चालक साउद र मोटरसाइकलमा सवार पण्डितलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !