बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुसका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता

शुक्रबार, १३ मङ्सिर २०७६, १५ : १०
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौँ । रुसी महासंघ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार स्वदेश फर्किएका छन् । 
 
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले रुस भ्रमणको क्रममा राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री दिमित्री मतभेदेवलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराए । 

त्यस्तै भ्रमण वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा संवादमा आउन रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोलाई निम्तो दिएको पनि उनले जानकारी दिए । 

मन्त्री ज्ञवालीले दुईपक्षीय सम्बन्धलाई नविकरण गर्दै व्यापार प्रवर्द्र्धन, लगानी अभिवृद्धि, पर्यटन, आर्थिक सहायता तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहयोग र सहकार्य विस्तार गर्ने विषयमा छलफल गरिएको जानकारी समेत दिए । 
त्यस्तै  संघाही कोअपरेसन अर्जनाइजेसनको पूर्ण सदस्य बन्नको लागि सहयोग गर्न आग्रह गरेको समेत उनले बताए ।

 उनले रुससँग विपद्का बेला उद्धारका लागि चाहिने र यूएन मिसनका लागि चाहिने सामग्री सहयोगको विषयमा छलफल भएको समेत जानकारी दिए।

परराष्ट्रमन्त्री ज्ञवालीले सर्विया औपचारिक भ्रमणका क्रममा पनि दुई देशबीचको हितका विषयमा छलफल भएको जानकारी दिए । 

 परराष्ट्र मन्त्री रुसी महासंघ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमणका लागि गत शनिबार रुसको राजधानी मस्को प्रस्थान गरेका थिए । 

उनले मंसिर ८ गतेदेखि ११ गते सम्म रुसको र ११ देखि १२ गते सम्म सर्वियाको भ्रमण गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप