बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमाई नगरापलिकाको गेटैमा प्रेसरकुकर बम, नेपाली सेनाद्वारा डिस्पोज

शुक्रबार, १३ मङ्सिर २०७६, ११ : ४०
शुक्रबार, १३ मङ्सिर २०७६

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाको ढोकामै फेला परेको प्रेसरकुकर बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

नगरपालिकाका मेयर हरिनारायण चौधरीको कार्यकक्षको ढोका अगाडि रातो झोलामा पोका पारेर राखिएको अवस्थामा शुक्रवार बिहान बम देखिएको थियो । बम देखिएको खबर लगत्तै चोहर्वास्थित श्री शेर गणबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

बम कसले राखेको भन्नै अझै नखुलेको जिल्ला प्रहरी सिरहाका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । उनले भने, ‘प्रेसर कुकर बम भएको खुलेको छ । कसले राख्यो भन्ने बारेमा हामी अनुसन्धान गर्दैछौँ ।’

सीसीटिभी क्यामेराको निगरानीका रहेको नगरपालिकाका मेयरकै कार्यकक्षलाई लक्षित गरी बम राखिएको थियो । प्रहरी चौकी नगर कार्यालयभन्दा करिव ३ सय मिटरको दुरीमा रहेको छ । त्यसक्षेत्रमा प्रहरीको गस्ती २४ सै घण्टा रहने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप