शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व फोटोग्राफी दिवसः यस्तो सुन्दरता, आफ्नै आँखालाई विश्वास गर्नुहुन्न

शनिबार, ०३ भदौ २०७४, १६ : १९
शनिबार, ०३ भदौ २०७४

१९ अगस्ट विश्व फोटोग्राफी दिवस हो । सन् २०१० मा यसको सुरुवात यसकारण भएको थियो कि फोटोग्राफरमार्फत समाजमा सकारात्मक प्रभाव पार्न सकियोस् । यो दिनको मौका पारेर हामी तपाईंका लागि संसारका विभिन्न भागका केही उत्कृष्ट तस्बिर प्रस्तुत गर्दै छौं । यहाँ दिइएका यी तस्बिरहरु यति सुन्दर, रंगीन र सही छन् कि झट्ट हेर्दा यसलाई फाटोशपमार्फत तयार गरिएको हो । तर यी वास्तवमा क्यामराबाट खिचिएका तस्बिर हुन् ।

माथिल्लो तस्बिर चीनको युनान प्रान्तमा रहेको लिजांगको हो । फोटोग्राफर हुन् एथेन्समा सन् १९५३ मा जन्मिएकी दिमित्रा स्ट्यासिनोपोपुलु । बैंकिङ क्षेत्रमा २० वर्ष बिताएपछि सन् १९९४ मा उनले राजीनामा दिए र रोमानियास्थित पारिवारिक व्यवसायमा जोडिइन् । सन् २००५ मा उनको पहिलो किताब रोमानिया अफ माई हार्ट प्रकाशित भएको थियो । त्यसपछि उनी टाढाका देशमा घुमेर तस्बिर खिचिरहेकी छिन् । उनको भूटान, बर्मा, चीन, भारतजस्ता देशमा आधारित किताब प्रकाशित भइसकेका छन् ।

के हो विश्व फोटोग्राफी दिवस ?

– यो हरेक वर्ष १९ अगस्टमा मनाइन्छ । यो विचार सन् २००९ मा अष्ट्रेलियाली फोटोग्राफर कोस्र्के आराको मनमा जन्मिएको थियो । फोटोग्राफीले संसारमा सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने सोच उनको थियो । त्यसकारण उनले संसारभरी फोटोग्राफरलाई एक सूत्रमा बाँध्नका लागि यो दिनलाई विश्व फोटोग्राफी दिवसको रुपमा स्थापित गरे ।

यो सन् २०१० देखि मनाउन सुरु गरिएको हो । त्यतिबेला २ सय ५० फोटोग्राफर मात्र यससँग जोडिएका थिए । पछिल्लो वर्ष वैश्विक स्तरमा ५० करोड मानिसहरुले यो कार्यक्रमसँग सम्बन्धित तस्बिर, वेब, प्रिन्ट आदि विभिन्न माध्यममा देखिएको थियो ।

पानीमा भिजाइएको बलबाट झरिरहेको पानीको थोपा र बल मिलेर ग्यालेक्सी जस्तो देखिएको दृश्य । फोटोग्राफरः अभिजीत कुमार । फोटाग्राफरको प्लेटफर्म 500px बाट साभार । 

जापानमा ओंताके ज्वालामुखीले ढाकिएको मन्दिर

रेडियो टेलिस्कोपमा अडिएको पूर्णचन्द्र । फोटोः इम्गुर फर पपुलर

यस्तो लाग्छ कि यो मेसिनले बादललाई समात्न खोजिरहेको छ । trynidada नामक प्रयोगकर्ताको कलाकारिता

जापानको निलो संसार । फोटोः हिरोकी कोन्डु

इटालीको एक समुन्द्री किनारा । फोटोग्राफरः बर्नहार्ड ल्यांग

नामिब मरुभूमी, अफ्रिका । फोटोः बेथ म्याककार्ली

अन्त्यहीन जंगल । फोटोः इवान लेतोखिन

नामिव मरुभूमीमा समुन्द्री छालजस्तो देखिने बालुवाको थुप्रो । फोटोः निक लिफेब्व्रे

एम्सटर्डमको वैसटरडोक डिस्ट्रिक्ट । फोटोः एरियल फोटोग्राफी गर्ने एयरपानो ग्रुप

टावरको मुनीबाट देखिएको हवाईजहाज । फोटो स्टिफानो ल्यान्डेना

रुसमा अर्खान्गेल्सक नजिकैको होलिडे भिलेज । फोटोः फेदोर सेविन्त्सेव

अमेरिकामा योसेमिते जलप्रपात निकट एक हेलिकोप्टर । फोटोः एड्रियानो नेव्स

शरद  र शिशिर ऋतुको मिलन । फोटोः जेफ ओवे

समुन्द्रको छालजस्तो देखिएको पहाड । फोटोः अलेक्जेन्ड्रा मेदनेवा

टेक अफ गर्न लागेको विमानको लंग एक्सपोजर । रेडिटमा रहेको तस्बिर

क्यालिफोर्नियामा बदामको खेतबिच गुडिरहेको ट्र्याक्टर । फोटोः रोबर्ट होम्स

धर्तीको उपहार । फोटोः जोर्न अलान

उदाउँदो चन्द्रमा, मेड्रिड स्पेन । फोटोग्राफरः यिल डोरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप