शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीहरुलाई सहयोग

बिहीबार, १२ मङ्सिर २०७६, १९ : १६
बिहीबार, १२ मङ्सिर २०७६

काठमाडौं– महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । 

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको न्युरोड शाखाले यही मंसिर ११ गते इन्द्रावती गाउँपालिका१२ भिमटारमा अवस्थित ढोटरा आधारभूत विद्यालयमा अध्यनरत बालबालिकाको लागि स्कुल ब्याग लगायत स्टेसनरी सामग्री हस्तान्तरण कार्यव्रmम सम्पन्न गरेको छ । 

डा. उत्तम उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी र बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी, बैकको मसुरिया शाखाले आइतबार शाखाको प्राङ्गणमा आयोजित कार्यक्रमका बीच ट्राफिक जनचेतना सम्बन्धी बोर्डहरु सुदूर पश्चिम प्रदेशका ट्राफिक प्रहरीका प्रहरी उपरक्षीक लोकेन्द्र श्रेष्ठ र अस्थायी ट्राफिक प्रहरी पोष्ट मसुरियाका प्रमुख चक्र बहादुर मल्ललाई संयुक्त रुपमा हस्तान्तरण गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप