बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भियतनाममा सुँगुरको ताजा रगत किन यति धेरै खाइन्छ ?

शनिबार, ०३ भदौ २०७४, १४ : ४५
शनिबार, ०३ भदौ २०७४

बीबीसी

भियतनामी सुँगुरको ताजा रगतलाई एक स्वादिष्ट भोजनको रुपमा हेर्ने गर्दछन् । दिमागी रोगको बढिरहेको घटना देखेर वैज्ञानिकले यो खान चेतावनी दिएका छन् ।

सुँगुरको आन्द्रा र त्यसको ताजा रगत मिसाएर भियतनाममा एउटा डिश बनाइन्छ । आन्द्रालाई पहिले उमालिन्छ र त्यसमा सुँगुरको ताजा रगत हालिन्छ । त्यसपछि पुनः त्यसलाई चिसो बनाइन्छ । यसलाई जेलीको रुपमा तयार गरिन्छ र स्टार्टरको रुपमा पस्किइन्छ ।

यो डिश भियतनाममा निकै लोकप्रिय छ । सुँगुरमा जुन जिवाणु पाइन्छ त्यसको उपस्थिती रगतमा पनि हुने आशंका हुन्छ । यी जीवनणुले दिमागी रोग लाग्न सक्छ ।

भियतनाममा हरेक वर्ष यो रोगको सयौं मामला पाइन्छ । यीमध्ये १० प्रतिशतको त मृत्यु हुन्छ । भियतनाममा सुँगुरको काँचो उत्पादनका कारण त्यहाँ दिमागी रोग हुनु सामान्यजस्तै बनेको छ ।

डाक्टर न्ग्यूयेन वान कुओंगका अनुसार भियतनाममा सुँगुरको ताजा रगत खानु त्यहाँको प्रचलन हो । यहाँका मानिसहरु यसलाई लगभग हरेक दिन खान्छन् ।

केही समय अघि भएको एक अध्ययन अनुसार भियतनामको ग्रामिण इलाकामा तीनमध्ये एक व्यक्ति र शहरमा १० मध्ये एक व्यक्ति सुँगुरको ताजा रगत खाने गर्दछन् ।

हो चि मिन्ह सिटिमा अक्सफर्ड युनिभर्सिटीका प्राध्यापक स्टिफन बेकरका अनुसार भियतनामका लागि यो एक ठूलो चुनौती हो । यसलाई जागरुकतामार्फत समाप्त गर्न सकिन्छ । जनतालाई सुँगुरको काँचो रगत स्वास्थ्यका लागि खतरनाक छ भनेर सिकाउनुपर्छ । यद्यपी, त्यहाँको सांस्कृतिक कारणले यो सजिलो भने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप