बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँची बस दुर्घटना अपडेट: २४ घण्टापछि मृतक १९ जनाको सनाखत

बिहीबार, १२ मङ्सिर २०७६, १५ : ४५
बिहीबार, १२ मङ्सिर २०७६

बुटवल ।  अर्घाखाँचीको सन्धिखर्क कपिलवस्तुको गोरुसिङ्गे आउँदै गरेको बस दुर्घटनामा मृत्तक १९ जनाको २४ घण्टापछि सनाखत भएको छ । हिजो सन्धिखर्क नगरपालिका– ६ नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत अर्घाखाँची जिल्लका प्रमुख जिल्ला अघिकारी बिजयराज पौडेलले रातोपाटीलाई बताए ।

सनाखत भएका ११ जनाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् भने ८ जनाको शव बुझाउन बाँकी रहेको छ ।घाईतेहरुको बुटवल र भैरहवाको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । बुझाउन बाँकी रहेका शव जिल्ला अस्पताल अर्घाखाँचीमा राखीएको छ ।

दुर्घटना भएको स्थान अर्घाखाँचीको घुक्तीकटे पछि सल्लेरीमा भएको थियो । जहाँ बस्ती छैन् । बस्ती नभएको स्थान र सदरमुकाम सन्घिखर्कमा लैजान टाढा भएका कारण उदारको लागी ढिलाई भएको थियो । घाइतेहरु धेरैको घटनास्थलमै मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप