के उत्तर कोरियासँगको युद्धपछि समाप्त हुनेछ अमेरिका–दक्षिण कोरियाको युद्धाभ्यास ?
बीबीसी
उत्तर कोरियाले अगस्ट २१ तारिखबाट अमेरिका र दक्षिण कोरियाबिच सुरु भइरहेको सैन्य युद्धाभ्यासमाथि तिखो टिप्पणी गरेको छ ।
उत्तर कोरियाको सरकारी मिडियामा छापेको खबर अनुसार आक्रामक युद्धाभ्यासलाई ‘ड्रिल’ र बचाउको नाम दिएर एक पटक पुनः युद्ध भडकाउने कुरामा विचार गरिरहेको छ ।
उक्त सरकारी मिडिया भन्छ, ‘केही दिन अघि अमेरिकाका प्रमुख अधिकारीले यदि युद्ध भए पूरा कोरियाली प्रायद्वीपमा हुने र यदि हज्जारौं मानिसहरुको मृत्यु भए उक्त स्थान पनि प्रायद्वीप नै हुने प्रलोभन दिइरहेका थिए । यस्तोमा उनीहरुले परमाणु युद्ध गर्ने आफ्नो मनसायलाई स्पष्ट पारेका छन् । यस्तो बयानपछि हुन लागेको संयुक्त युद्धाभ्यासले यसको परिणाम के होला त्यो स्पष्ट पारेको छ ।’
अमेरिका र दक्षिण कोरिया आउँदो २१ र ३१ अगस्टबिच कम्प्युटर सफ्टवेयर आधारित ड्रिल सुरु गर्ने भएको छ ।
यतिबेला सैनिकले मैदानमा गएर कुनै पनि तालिम गर्नुपर्दैन ।
दक्षिण कोरियाली समाचार एजेन्सी योनह्यापमा छापिएको रिपोर्ट अनुसार यस वर्षको ड्रिलमा पछिल्लो वर्षको तुलनामा अमेरिकी सैनिकको संख्या कम हुने दक्षिण कोरियाली रक्षा मन्त्रालयले बताएको छ ।
यो खबरमा उत्तर कोरियालाई हवाला दिँदै अमेरिका यो संयुक्त युद्धाभ्यासमार्फत कोरियाली प्रायद्वीपलाई विनासतर्फ धकेलिरहेको बताइएको छ ।
उत्तर कोरियाको प्रोपोगान्डा पोस्टरः
यतिमात्र होइन, उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएले अमेरिका विरुद्ध प्रोपोगान्डा पोष्टर पनि जारी गरेको छ ।
एक पोष्टर बताउँछ, ‘अब हाम्रो मिसाइलको रेन्जमा पूरा अमेरिका छ ।’ उक्त पोष्टर गत १७ अगस्टमा जारी गरिएको हो ।
केही पोस्टरमा उत्तर कोरियाली मिसाइलले अमेरिकामा हमला गरिरहेको चित्रण गरिएको छ । यी सबै कुराले उत्तर कोरियामा अमेरिका विरुद्ध आक्रोशमा माहौल पनि बनिरहेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा