शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको आपत्तिका बावजुद ट्रम्पद्वारा हङकङका प्रदर्शनकारीसमर्थित कानुनलाई मन्जुरी

बिहीबार, १२ मङ्सिर २०७६, ०९ : ५४
बिहीबार, १२ मङ्सिर २०७६

एजेन्सी । चीनको कडा अपत्तिका बावजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङको प्रदर्शनकारीहरुलाई समर्थन गर्ने विधेयकलाई मन्जुरी दिएका छन् ।

‘द हङकङ ह्यूमन राइट्स एन्ड डेमोक्रेसी एक्ट’ का अनुसार अमेरिकाले वार्षिकरुपमा बाँकी चीनबाट हङकङको स्वायत्ता कायम रहेको समीक्षा गर्नेछ ।

ट्रम्पले राष्ट्रपति सी जिनपिङ, चीन र हङकङका जनताको सम्मान गरेको बताउँदै यस विधेयकमाथि हस्ताक्षर गरेका हुन् ।

राष्ट्रपति ट्रम्पको यो कदमले चीन र अमेरिकाको सम्बन्धमा थप दरार उत्पन्न हुनसक्ने विश्लेषकहरुको आँकलन रहेको छ । चीनले यसअघि पनि हङकङको मामिलामा अमेरिकालाई दख्खल नदिन चेतावनी दिएको थियो ।

मंगलबार नै चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेका अमेरिकी राजदूतलाई समन जारी गरेको थियो । समनमा भनिएको थियो – अमेरिकालाई यो कुरा भनिदिनु कि यदि उसले उक्त विधेयकलाई मन्जुरी दिइन्छ भने त्यसपछि को परिणामका लागि पनि तयार रहोस् ।

दुई देशबीच चलिरहेको व्यापार युद्धलाई समाप्त गर्न सकियोस् भनेर राष्ट्रपति ट्रम्प चीनसँग व्यापारिक सम्झौतामाथि पनि विचार गरिरहेको समाचार छ ।

ट्रम्पले किन गरे विधेयकमाथि हस्ताक्षर ?

यसअघि डोनाल्ड ट्रम्प हङकङको स्वायत्तासँग जोडिएको विधेयकमा हस्ताक्षर गर्न प्रतिबद्ध नरहेको देखिएको थियो । उनले आफू हङकङको साथमा उभिएको बताए पनि त्यही समय उनले सी जिनपिङलाई ‘अब्बल व्यक्तित्व’ भएको उल्लेख गरेका थिए ।

तर, अमेरिकी संसदमा बढिरहेको दबाबका कारण ट्रम्पले उक्त विधेयकमा मन्जुरी दिनुपरेको विश्लेषणहरु भइरहेका छन् । अमेरिकी कँग्रेसका कयौँ सांसदहरु यस विधेयकको समर्थनमा थिए ।

उक्त विधेयकको साथै ट्रम्पले अर्को एक विधेयकमा पनि हस्ताक्षर गरेका छन् जसले हङकङ प्रहरीलाई मिल्ने गोलिगठ्ठालाई प्रतिबन्धित गर्नेसँग जोडिएको छ । उक्त विधेयकका अनुसार भीड नियन्त्रण गर्नका लागि हङकङ प्रहरीले प्रयोग गरिरहेको अश्रुग्यास, रबर बुलेट, स्टेन गनजस्ता वस्तुहरुको निर्यातमा रोक लगाउनु पर्छ ।

‘यो दुई विधेयकको माध्यमबाट हामी चीन र हङकङका प्रतिनिधि साथमा बसेर स्थिति सुधार गर्न विचार गरुन् भन्ने सुनिश्चित गर्न चाहन्छौँ, ट्रम्पले भने, ‘चीन र हङकङले आफ्नो मतभेद भुलाएर शान्ति र समृद्धिको दिशामा अघि बढ्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप