शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘विवादास्पद’ उत्तर कोरिया भ्रमण सकेर स्वदेश फर्किए माधव नेपाल

शनिबार, ०३ भदौ २०७४, १३ : ३१
शनिबार, ०३ भदौ २०७४

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधव कुमार नेपाल ७ दिने उत्तर कोरियाको भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन् ।  गत शुक्रबार उत्तर कोरिया प्रस्ताव गरेका उनको भ्रमण विवादमा तानिएको थियो । 

उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानमाथि धावा बोलिरहेका बेला संयुक्त राष्ट्रसंघको एक सदस्य मुलुक भएको नाताले पूर्वप्रधानमन्त्री समेत भइसकेका नेपाल  कोरिया भ्रमणमा निस्केको भन्दै  आलोचना भएको थियो । 
यसबारे उनलाई परराष्ट्र मन्त्रालयले समेत सचेतक गराएको समाचार सार्वजनिक भएको भएपनि स्वदेश फर्किने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफ्नो भ्रमणबारे परराष्ट्र मन्त्रालयले कुनै ध्यानाकर्षण नगराएको दाबी गरे । 

उनले उत्तर कोरियाको भ्रमणअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत छलफल भएको खुलासा गर्दै कांग्रेसबाट नेत्री चित्रलेखा यादव समेत जाने भनिएको भएपनि आन्तरिक कारण देखाउँदै नगइएको बताए । 

उनले उत्तरकोरियामा आफू विश्वमा शान्ति स्थापना हुनुपर्छ भन्ने उद्देश्य बोकेको कार्यक्रममा सहभागि भएको भन्दै उत्तर कोरियाली सरकारका प्रतिनिधिका साथै त्यहाँका कम्युनिष्ट पार्टीका प्रतिनिधिसँग भेटघाट भएको बताए । 

   नेपालमा अहिले बाढीपहिरोले  भएको जनधनको प्रसंग कोट्याउँदै उनले भने, ‘उत्तर कोरियाले बाढी पहिरोको चपेटामा परेका १५ हजार नागरिकलाई तीन महिनामै आवासको व्यवस्था गरेको रहेछ, त्यसबाट नेपालले पनि सिक्नुपर्छ । ’

‘इन्टरनेसनल फेस्टिभल इन प्रेज अफ ग्रेटपर्सन्स अफ माउन्ट पिकेट’ नामक कार्यक्रममा सहभागि हुन   सांसदहरू हरिबोल गजुरेल, छाया शर्मा र  एकनाथ ढकालसमेत नेपालसँगै प्योङयाङ गएका थिए  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप