शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कानुनमन्त्री यादव नै आचारसंहिता विपरीत चुनावी प्रचार–प्रसारमा

बुधबार, ११ मङ्सिर २०७६, १८ : १८
बुधबार, ११ मङ्सिर २०७६

जनकपुर । उपप्रधानमन्त्री एवं कानुनमन्त्री उपेन्द्र उपप्रधानमन्त्री एवं कानुनमन्त्री उपेन्द्र र प्रदेश–२ सरकारक मुख्यमन्त्री र मन्त्रीहरु  मंसिर १४ गते हुने उपनिर्वाचनमा आचारसंहिता विपरीत प्रचार–प्रसारमा उत्रिएको पाइएको छ ।

चुनाव प्रचार–प्रसारमा बहालवाला मन्त्रीहरु सहभागी हुन नपाउने निर्वाचन आयोगको आचारसंहितालाई वास्ता नगरी उपप्रधानमन्त्री एवं कानुनमन्त्री उपेन्द्रदेखि प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीसम्म चुनावी प्रचारमा लागेको पाइएको छ ।

 प्रदेश २ सरकारले सरकारी नम्बर प्लेटसहित सरकारी सेवा  सुविधाको व्यापक दुरुपयोग हुदाँ पनि निर्वाचन आयोगले मौन समर्थन गरेको नेकपाका केन्द्रीय सदस्य रामकुमार शर्माले आरोप लगाए ।

यता निर्वाचन आयोग महोत्तरीका प्रमुख पुष्पा झाले जिल्ला निर्वाचन आयोगमा मौखिक मात्रै उजुरी आएकाले कारवाही प्रक्रियाअघि बढाउन कठिन भएको प्रतिक्रिया दिइन् । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदमा आगामी शनिबार हुन गइरहेको उपनिर्वाचनको प्रचार सभालाई सम्बोधन गर्दै मतदातासँग मत समेत मागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप