शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरा बमकाण्ड: ५ जना घाइते (नामसहित अपडेट)

बुधबार, ११ मङ्सिर २०७६, १६ : ४२
बुधबार, ११ मङ्सिर २०७६

पोखरा । नेकपाको चुनावी सभा नजिकै भएको बम बिस्फोटमा परि ५ जना घाइते भएको खुलेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त बम बिस्फोटमा परि ५ जना सर्वसाधारण घाइते भएका छन् । 

घाइते हुनेमा पोखरा महानगरपालिका १५ गलेश्वरका ५५ वर्षीया धनमाया सुनार,  पोखरा १० कि ५४ वर्षीय कृष्ण गुरुङ, पोखरा १५ गलेश्वरकै ४५ वर्षीय रमिला सार्की, ५५ वर्षीय जानकी पोखरेल, सोही ठाउकै ५७ वर्षीय माया विक रहेका छन् । घाइतेहहरु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारपछि फर्किसकेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ । 

घाइतेहरुमध्ये पाँचै जनाको टाउको र ढाडमा भाग्ने क्रममा चोट लागेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्रेको छ । यसबारे थप विवरण भने आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप