शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाथ रोगका विरामीका लागि निःशुल्क परामर्श गर्दै ॐ अस्पताल

बुधबार, ११ मङ्सिर २०७६, १५ : ०४
बुधबार, ११ मङ्सिर २०७६

काठमाडौं– ॐ अस्पताल एण्ड रिसर्च सेन्टरमा बाथरोग सम्बन्धि बिशेषज्ञ उपचार सेवा शुरु भएको छ ।

भारतको नयाँ दिल्ली स्थित एम्सबाट इन्टरनल मेडिसिनमा एमडी तथा चण्डिगढ स्थित पीजीआई बाट र्युमाटोलोजिमा डीएम गरेका बाथरोग बिशेषज्ञ डाक्टर साकेत झाले ॐ अस्पतालबाट विशेषज्ञ सेवा दिने भएका हुन् ।

डा. झाले नियमित रुपमा आइतबार देखी शुक्रबारसम्म अस्पतालबाट परामर्श सेवा दिने अस्पतालले जनाएको छ । डा. झा नेपाली चिकित्सकीय क्षेत्रमा र्युमाटोलोजिमा डीएम गर्ने पहिलो डाक्टर हुन् ।

बाथ रोगको समस्या भयावह रुपमा रहेको अवस्थामा नेपालमा नै सहि उपचारका लागि विशेषज्ञ सहितको उपचार सेवा प्रदान गर्न लागिएको  ॐ अस्पतालले जनाएको छ ।

काठमाडौं उपत्यका तथा देशका बिभिन्न शहरमा रहेका साना ठूला अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकहरुसँग सहकार्य गरी मोफसलका बाथरोगका बिरामीहरुका लागि समेत सुलभ रुपमा बाथरोग उपचार सेवामा योगदान दिने अस्पतालले जनाएको छ ।

अस्पतालले केही समय अघि लामो समयदेखी उपचारमा रहेका बाथरोगीहरुलाई लक्षित गरी निःशुल्क ओपीडी सेवा समेत सञ्चालन गरेको थियो । 

बिरामी तथा आफन्तजनको बिशेष अनुरोधमा अस्पतालले आगामी बिहिबार बिहान ८ः०० बजे देखी १०ः०० बजेसम्म र अपरान्ह २ः०० बजे देखी साँझ ५ः०० बजेसम्म पनि बाथरोगका बिरामीहरुका लागि निःशुल्क ओपीडी सेवा संचालन गर्न लागेको जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप