शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामचन्द्रको आरोप : कास्कीमा चुनाव हार्ने डरले सरकारले बुथ क्याप्चर गर्दैछ

बुधबार, ११ मङ्सिर २०७६, १२ : ५०
बुधबार, ११ मङ्सिर २०७६

पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वच्छ चुनाव हुने कुरामा आशंका व्यक्त गर्दै सरकारले चुनाव हार्ने डरले कास्कीमा बुथ क्याप्चर गर्न लागेको गम्भीर आरोप लगाएका छन् । बुधबार पोखरामा नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले यस्तो दाबी गरेका हुन् ।

रवीन्द्र अधिकारीको निधनपछि प्रतिनिधिसभा अन्तरगत कास्की–२ मा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

सरकारले चुनाव हार्ने डरले बुथ क्याप्चर गर्ने कुरा सुन्नमा आएको भन्दै प्रशासनलाई सचेत हुन पौडेलले आग्रह गरे । उनले भने, ‘निष्पक्ष, धाधलीरहित चुनाव बनाउन मेरो आग्रह छ । स्वच्छ चुनाव होस् । जनताले गरेको मूल्याङ्कन यो चुनावमा जस्ताको त्यस्तै आउनुपर्छ’, उनले सुनाए ।

निष्ठाको राजनीति गर्ने उम्मेदवारलाई चुनाव उठाएकाले कास्कीका काँग्रेसले नै चुनाव जित्ने पौडेलको दाबी छ ।

कम्युनिस्ट सरकारले सत्ता र शक्तिको आडमा झुठो प्रचार गरेको समेत उनले आरोप लगाए  । ‘कम्युनिस्टको झुठो प्रचारले सीमा नाघ्यो, यसमा मेरो ध्यान आकर्षित भएको छ,’ उनले भने ।

फरक प्रसङ्गमा कालापानीको तथ्य आफुले आफुले बाहिर ल्याउन पहल गरेको दाबी गरेका छन् । ‘म सभामुख हुँदा तथ्य कुरा लुकाइयो भन्ने आरोप लगाए । कालापानी लिपुलेकको बारेमा अहिले जसरी कुरा आइरहेको छ । वास्तवमा कालापानीको तथ्य बाहिर ल्याउने पहिलो व्यक्ति नै मै हु’ पौडेलले दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप