बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेष राशीको तनाव बढ्ने, मिथुनको शत्रु परास्त, सिंहको आमासँग मनमुटाव, बिहिबारको तपाईंको दिन कस्तो ?

बुधबार, ११ मङ्सिर २०७६, ०७ : १५
बुधबार, ११ मङ्सिर २०७६

वि.सं.२०७६ साल मंसिर ११ गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर २७ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गशुक्ल पक्ष । तिथि प्रतिपदा, ३३ घडी १४ पला, बेलुकी ०७ बजेर ५२ मिनेट उप्रान्त द्वितीया । नक्षत्र अनुराधा, ०७ घडी ३७ पला, बिहान ०९ बजेर ३७ मिनेट उप्रान्त ज्येष्ठा । योग सुकर्मा, ३५ घडी ०३ पला, बेलुकी ०८ बजेर ३६ मिनेट उप्रान्त धृति । करण किंष्तुध्न, बिहान ०८ बजेर २३ मिनेट उप्रान्त बव, बेलुकी ०७ बजेर ५२ मिनेट उप्रान्त बालव । आनन्दादिमा सौम्य योग । चन्द्रराशि बृश्चिक । 

काठमाडौंमा सूर्योदय ०६ बजेर ३४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी १९ पला ।  बारामा गढी–माई मेला प्रारम्भ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाब बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । विशेष गरि चेली माईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला, मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा गृहकार्यहरु थाती  रहनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुने योग रहेको छ ।
 
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा लगानी गरी  मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिने समय रहेको छ । साझेदारहरुबीच मन मिल्ने हुँदा नयाँ उद्योगमा लगानी  गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन्  । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीको साथ रहने हुनाले काम गर्न उर्जा थपिनेछ । भौतिक तथा विलासी वस्तुहरु प्राप्तिको गतिलो योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा लगानी गरी  आर्थिक स्थिति उकास्न सकिनेछ । कुनैपनि क्षेत्रमा आउने प्रतिस्पर्धिहरुलारई हराउँदै अगाडि बढ्न सकिनेछ भने शत्रुहरुलाई परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछन् । पढाइमा देखिएको कमजोरी सुधार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । आत्मिय मित्र तथा मन मिल्ने साथी भेटिनेछ भने माया प्रेममा प्रशस्त समय रमाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शिक्षामा गरिएको लगानीबाट भनेजस्तो आम्दानी नहुने तथा विद्यार्थी वर्गले चाहेजस्तो सफलता हात लगाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा अविश्वास  बढ्ने तथा पति पत्निबीच एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या नआउला भन्न सकिन्न ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । आमासँग मनमुटाब बढ्छ । विद्यामा मिहिनेत नगरे अरुभन्दा पछि परिनेछ भने छाती सम्बन्धि सामान्य समस्याले सताउनेछ । सवारी साधन तथा घरजग्गामा गरिएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोषजनक आम्दानी हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विभिन्न अवसरहरुको उपयोग गरि यथेष्ट धन तथा सम्पति कमाउन सकिनेछ । आफन्त तथा दाजुभाइहरुको सहयोगमा सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिने छ । मनोबल मजबुत हुने हुनाले साहशिलो काम गर्न सकिने तथा खेलकुद तथा यस्तै गतिविधिमा संलग्न भई अगाडी बढ्न सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेको छ भने जीवनसाथीको सहयोगले नयाँ कामको थालनी  गर्न सकिने छ । पढाइ लेखाइमा सुधार भएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा खासै ध्यान नजाँदा विद्या  तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिने छ । कुटुम्बसँग मनमुटाव बढ्ने हुँदा आजको दिन टाढा नै रहनु राम्रो रहेको छ । बोल्दा वा निर्णय गर्दा ध्यान दिनुहोला आत्मघाती पनि हुनसक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । मायाप्रेममा अविश्वास बढ्नेछ भने पतिपत्निबिच विश्वासको बाताबरण गुम्ने खतरा रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक कामहरु समयमा गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठा वृद्धि भएर जाने छ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृढ हुने समय रहेको छ । विद्यार्थीले आफ्नो प्रतिस्पर्धी हरुलाई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । व्यापार व्यावसायबाट मनग्गे धन सम्पति कमाउन सकिने हुँदा आवश्यकताहरु परिपूर्ती हुनेछन्  । सुन्दर तथा विलासी  वस्तुको प्रयोगमार्फत् अरुको मन आफूतिर खिच्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला  स्वास्थ्यसम्बन्धि सामान्य समस्या आउन सक्छ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रन सक्छ, ध्यान दिनु होला । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । बन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । गलत साथीको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेको छ ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लाभस्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा लगानी गरि मनग्गे नाफा कमाउन सकिनेछ भने सरकारी स्रोत साधन प्रयोग गर्न पाइने  योग रहेको छ । पैतृक धन तथा सम्पति हात लाग्ने योग रहेको छ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आउने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरीमा बढोत्तरि हुने योग रहेको छ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानी गरि मनग्गे नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्थापित हुनेछन् । गीत संगीतमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साथीभाइ तथा परिवारकै सदस्यबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला, खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानी नगर्नुहोला, आज गरिने व्यावसायबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोँडिदा पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना छ । धर्म कर्ममा मन जानेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप