शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अल्वानिया भूकम्प: मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो (अपडेट)

मङ्गलबार, १० मङ्सिर २०७६, २२ : ४२
मङ्गलबार, १० मङ्सिर २०७६

तिराना । अल्बानियामा मङ्गलबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १३ पुगेको यहाँको रक्षा मन्त्रालयले दिएको पछिल्लो अपडेटमा उल्लेख गरिएको छ ।

रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भूकम्पका कारण मृत्यु हुने नागरिकको सङ्ख्या १३ पुगेको छ ।’ तर विज्ञप्तिमा यसबारे थप व्याख्या केही गरिएको छैन । बाल्कन राज्यमा विगत केही दशकयता गएको ६.४ म्याग्निच्युडको भूकम्पलाई निकै शक्तिशाली धक्का भनिएको छ । पछिल्ला केही दशकमा बाल्कन राज्यहरूमा भूकम्पका कारण यति ठूलो क्षति नभएको स्थानीयवासीले बताएका छन् ।   

भूकम्पका कारण सयौँ करिब ५०० व्यक्ति घाइते भएका र ठूलो सङ्ख्यामा घरहरू भत्किएका वा चर्किएका बताइएको छ । घटनाबाट भएको क्षतिको विस्तृत विवरण अझै आउन सकेको छैन । -एएफपी/Photo:CNN
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप