बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्ण रुपमा लागू भयो आरटिजिएस, २ लाख भन्दा माथिको भुक्तानीमा चेक काट्नु नपर्ने

मङ्गलबार, १० मङ्सिर २०७६, १५ : २८
मङ्गलबार, १० मङ्सिर २०७६

रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) पूर्ण रुपमा सञ्चालनमा आएको छ । यही मंसिर ६ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको यस प्रणालीमार्फत २ लाख वा सो भन्दा बढी रकमको कारोबार गर्न मिल्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौँलाले जनाएका छन् । 

हाल समपूर्ण बाणिज्य बैंकहरु यस प्रणालीमा आवद्ध छन् । निकट भविष्यमै अन्य बैंक तथा वित्तिय संस्थालाई यस प्राणलीमा आबद्ध गराउँदै लैजाने राष्ट्र  बैंकले जनाएको छ । 

एउटा बैङ्कमा खाता भएको व्यक्तिले अर्को बैङ्कमा खाता भएको व्यक्तिलाई ठूलो परिणाममा भुक्तानी दिन यो प्रणाली लागु गरिएको हो । यसअघि चेकबाट मात्रै भुक्तानी हुन्थ्यो । जसको क्लियरिङ भुक्तानीको भोलिपल्ट मात्रै हुन्थ्यो । अब तत्काल क्लियरिङ हुन्छ ।

आरटीजीएस प्रणाली लागु भएपछि चेक चाहिँदैन । भुक्तानी गर्ने खातावालाले अर्को बैङ्कको खाता नम्बरमा यति रकम भुक्तानी गरिदिनु भन्ने आदेश दिनेबित्तिकै भुक्तानी हुन्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप