शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबार त्रिविसभा बस्दै, पुनरावेदन आयोगको अध्यक्षका लागि प्रस्ताव पेस गरिने

मङ्गलबार, १० मङ्सिर २०७६, १४ : ५५
मङ्गलबार, १० मङ्सिर २०७६

काठमाडौं । विगत लामो समयदेखि बस्न नसकेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को साधारणसभा बोलाइएको छ । वर्षमा दुईपटक बस्नुपर्ने सभामा डेढ बर्षदेखि बस्न नसकेकामा नयाँ उपकुलपतिको नियुक्तिसँगै यही शुक्रबार डाकिएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । 

त्रिविको उपकुलपतिमा गत महिना प्राडा धर्मकान्त बाँस्कोटा नियुक्त भएका थिए । यसैगरी सभामा पुनरावेदन आयोगको अध्यक्ष नियुक्ति गर्ने सम्बन्धमा प्रस्ताव पेश गरिने भएको छ । सभामा कार्यकारी परिषद्का लगि मनोनित भएका विनोद पराजुली, डा.राजेन्द्रप्रसाद पौडेल, प्राडा. रामप्रसाद खतिवडाको नाम अनुमोदन गरिने भएको छ ।  उनीहरुलाई त्रिवि परिषद्ले पहिल्यै नै मनोनित गरेपनि सभाबाट अनुमोदन भएको थिएन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप