केन्द्रीय संस्करण
वैज्ञानिक

फाराडे : आधुनिक विद्युत एवं रसायन विज्ञानका भीष्म पितामह

person explore access_timeमंसिर १०, २०७६ chat_bubble_outline0

 

माइकल फाराडेको प्रारम्भिक जीवनकालको कथा पढ्दै जाँदा मानिसहरुलाई पत्याउनै गाह्रो हुन्छ कि उनी इतिहासमा एउटा विशिष्ट वैज्ञानिकका रूपमा स्थापित व्यक्तित्व बने भन्ने कुरा । उनी आधुनिक विद्युतका जनकहरुमध्येका एक थिए र उनले नै आइन्स्टाइनलगायत अन्य हज्जारौँ दिग्गजहरुलाई समेत प्रभावित र उत्प्रेरित गरेका थिए । प्रसिद्ध भौतिकशास्त्री अर्नेस्ट रुथरफोर्डले भनेका छन्, जब हामी उनका अविष्कारहरुको विशालता र विज्ञान एवं उद्योगको विकासमा त्यसले पारेको प्रभावका बारेमा विचार गर्छौं, फाराडेको सम्झना गर्नुजस्तो ठूलो कुरा केही हुँदैन, एकजना सर्वकालिक महानतम् आविष्कार । हामीले आधुनिक इलेक्ट्रिक मोटर, जेनेरेटर र ट्रान्सफर्मरका लागि फाराडेलाई धन्यवाद भन्नै पर्छ ।

आउनुहोस्, हामी पनि यी महान् वैज्ञानिकको जीवनकथालाई नियाल्ने कोसिस गरौँ ।

https://ichef.bbci.co.uk

फाराडेको जन्म सेप्टेम्बर २२, १७९१ का दिन बेलायतको न्युविड्डटन वटमा भएको थियो । उनी एक गरिब परिवारमा जन्मिएका थिए । उनी जेम्स र मार्गरेट फाराडेका तेस्रो सन्तान थिए । शारीरिक रूपमा रोगी उनका पिता फलामको काम गर्ने लोहार थिए । फाराडेकी आमा पनि विवाहपूर्व नोकर थिए । उनीहरु अत्यन्तै गरिब थिए ।

त्यस समयमा आफ्ना प्रथम बच्चालाई मातापिताले महँगो स्कुलमा शिक्षादीक्षा दिलाउनु, अझ त्यसमाथि केटा बच्चालाई त सामान्य प्रचलन नै थियो । तर फाराडेका आमाबुबा सामान्य परिवारका थिए, त्यसमाथि थप फाराडे चार सन्तान मध्येका तेस्रो थिए । त्यसैले उनले अत्यन्तै सीमित र छोटो मात्र प्रारम्भिक शिक्षा पाएका थिए । तर यसले भविष्यको महानतम् वैज्ञानिक बन्ने उनको बाटोलाई छेकेन । उनी आफैले शिक्षा हासिल गर्ने बिँडो उठाए ।

माइकल फाराडेले १३ वर्षको उमेरसम्म स्थानीय स्कुलमा पढाइ गरे र आधारभूत शिक्षा हासिल गरे । आफ्ना गरिब आमा बुबालाई सघाउनका लागि उनले १४ वर्षको उमेरदेखि नै एउटा किताब पसलमा किताब ओसार्ने काम गरे । उनले कडा मिहिनेत गरे र पुस्तक पसले साहुलाई खुसी तुल्याए । उनको मिहिनेतबाट खुसी भएका पुस्तक साहुले उसलाई किताब बाइन्डिङ गर्ने काममा पदोन्नति गरिदिए ।

*******

काम सकिएपछिको फुर्सको समयमा उनी आफूले बाइन्डिङ गरेका तिनै पुस्तकहरु अत्यन्तै उत्सुकता र मिहिनेतका साथ पढ्ने गर्थे । विस्तारै उनमा विज्ञानसम्बन्धी पुस्तकहरु पढ्ने रुचि र भोक बढ्दै गयो । उनले विज्ञानसम्बन्धी थुप्रै पुस्तकहरु पढे । तर तीमध्ये पनि उनलाई सबैभन्दा मन पर्ने पुस्तकहरु चाहिँ इन्साइक्लोपेडिया ब्रिटानिका र कन्भर्सेसन अन केमेस्ट्री थियो ।

*******

किताब बाइन्डिङ गर्ने काम पाउनु फाराडेको लागि ‘तँ चिता, म पुर्याउँछु’ भने जस्तै भयो । उनी खुसी भए । उनका लागि विश्वज्ञान हासिल गर्ने त्यो एउटा अवसर पनि थियो । काम सकिएपछिको फुर्सको समयमा उनी आफूले बाइन्डिङ गरेका तिनै पुस्तकहरु अत्यन्तै उत्सुकता र मिहिनेतका साथ पढ्ने गर्थे । विस्तारै उनमा विज्ञानसम्बन्धी पुस्तकहरु पढ्ने रुचि र भोक बढ्दै गयो । उनले विज्ञानसम्बन्धी थुप्रै पुस्तकहरु पढे । तर तीमध्ये पनि उनलाई सबैभन्दा मन पर्ने पुस्तकहरु चाहिँ इन्साइक्लोपेडिया ब्रिटानिका र कन्भर्सेसन अन केमेस्ट्री थियो । उनले इन्साइक्लोपेडिया ब्रिटानिकाबाट विद्युतीय ज्ञानहरु हासिल गरे भने ६०० पृष्ठको कन्भर्सेसन अन केमेस्ट्री नाम गरेको सर्वसाधारणले बुझ्ने गरी लेखिएको पुस्तकले रसायन विज्ञानसम्बन्धी उनको जिज्ञासा र भोकलाई मेटाउने तथा ज्ञानको क्षितिजलाई झनै फैलाइदिने काम गर्यो ।

उनी विज्ञानसम्बन्धी सामग्रीहरु पढ्न र तिनको सत्यतथ्य जान्न कति उत्सुक थिए भने आफ्नो कमाइको एउटा हिस्सा त उनी आफूले पढेको कुराको वास्तविकता थाहा पाउन रसायनहरु किन्नमा खर्च गर्ने गर्थे ।

विज्ञानमा गहन रुचि राखेर पढ्दै जाँदा एक दिन उनले त्यसबेलाका प्रख्यात वैज्ञानिक जोज टाटुमले भौतिक शास्त्रअन्तर्गत प्राकृतिक दर्शनका बारेमा शृङ्खलाबद्ध प्रवचन दिन आँटेको कुरा सुने । उक्त प्रवचन सुन्नका लागि लाग्ने शुल्क एक सिलिङ थियो, जुन तिर्न फाराडेका लागि कठिन थियो । तर उनको ठूला दाइ, जो आफै फलामको सामान बनाउने व्यवसाय गर्थे, उनले भाइको विज्ञानप्रतिको रुचिलाई देखेर त्यो प्रवचन सुन्न लाग्ने सबै शुल्कहरु तिरिदिए ।

फाराडेको जीवनमा अर्को रोचक मोड त्यसबेला आयो, जब उनी काम गर्ने पुस्तक पसलका एक ग्राहक, जसको नाम विलियम डान्स थियो, तिनले फाराडेको विज्ञानप्रतिको रुचि देखेर त्यसबेलाका अर्कासर हम्फ्री डेभीले रोयल इन्स्टिच्युटमा दिने प्रवचन सुन्नका लागि टिकटको बन्दोबस्त गरिदिए । यो फाराडेका लागि के खोज्छस् काना, आँखो भने जस्तै थियो ।

सर हम्फ्री डेभी त्यसबेला विश्वप्रसिद्ध वैज्ञानिक मध्येका एक थिए । उनले ग्राहकका रूपमा आएका डान्सले प्रदान गरेको त्यो मौकाको सदुपयोग गरेर डेभीका चारवटा प्रवचन सुने । उनको प्रवचन त्यसबेलाको विज्ञान जगतमा देखापरेको नयाँ समस्या ‘एसिडिटीलाई व्याख्या गर्ने’ बारे थियो । उनले प्रवचनको दौरानमा सर डेभीले गरेका प्रयोगहरुलाई गम्भीरतापूर्वक नियाले ।

वास्तवमा, फाराडेले बाँच्ने चाहेको सपनाको संसार त्यो थियो । उनले डेभीका प्रवचनलाई नोट गरे । उनले त्यो नोटमा यति थपथाप गरे कि पछि गएर त्यो ३०० पेजको हस्तलिखित किताब नै बन्यो । उनले त्यो नोटलाई आफ्नो किताब बाइन्डिङ गर्ने सीपको उपयोग गरेर पुस्तकको रूप दिए र उपहारस्वरूप सर डेभीलाई पठाए ।

यतिखेर फाराडेले आफू काम गर्ने पुस्तक पसलको पछाडिको भागमा अलि जटिल खालका प्रयोगहरु गर्न थालिसकेका थिए । उनी तामाका सिक्का र जस्ताका ढिक्कालाई भिजेको नुनिलो कागजले छुट्याएर विद्युतीय ब्याट्री बनाउन प्रयोग गरिरहेका थिए । उनले त्यो ब्याट्रीलाई म्याग्नेसियम सल्फेट जस्ता रसायनलाई भङ्ग गर्नका लागि प्रयोग गर्थे । यो सर हम्फ्री डेभीले महारथ हासिल गरेका रसायन विज्ञानकै एउटा किसिम थियो ।

अक्टोबर १८१२ मा फाराडेका पुस्तक पसलको मालिक फेरिए । फाराडेलाई त्यो नयाँ मालिक मन परेन ।

यसबीचमा फाराडेका लागि एउटा नयाँ अवसर आयो । भयो के भने, एउटा प्रयोग गडबढ हुँदा भएको विस्फोटनमा परेर सर डेभी घाइते बने । त्यसको असरले उनी केही समयका लागि लेख्न नसक्ने अवस्थामा पुगे । फलतः फाराडेले केही दिनका लागि डेभीको नोट लेखिदिने काम पाए । वास्तवमा, फाराडेले पहिले पठाएको नोटले सर डेभी प्रभावित भएका थिए र सोही कारण पनि उनले त्यो अवसर प्राप्त गरेका थिए ।

चाँडै नै सर डेभी निको भए र फाराडेले नोट लेख्ने कामबाट बिदा लिनुपर्यो । यसबीचमा आफ्ना नयाँ मालिकसँग नजमेका फाराडे कामको खोजीमा थिए । त्यही सिलसिलामा उनले सर डेभीलाई पनि काम दिलाइदिनको लागि एउटा नोट पठाएका थिए ।

सर हम्फ्री डेभीको अध्ययन र उनको वैज्ञानिक लेक्चरहरुबाट प्रभावित भएका फाराडेले उनलाई जागिरको लागि पत्र लखे । त्यसबेला डेभी रोयल इन्स्टिच्युटनमा ल्याबरोटोरीका प्रमुख तथा रसायन विज्ञानका सहायक लेक्चरर थिए ।

*******

फाराडेका लागि सुखद् कुरा के भइदियो भने, उनले नोट पठाएको केही समय लगत्तै गलत व्यवहार गरेको आरोपमा सर डेभीको प्रयोगशाला सहायकलाई जागिरबाट निकालियो । यो सन् १८१३ को कुरा थियो । फाराडेलाई ल्याबरोटोरीमा सहायकको रूपमा काम गर्न सर डेभीले बोलाए ।

*******

फाराडेका लागि सुखद् कुरा के भइदियो भने, उनले नोट पठाएको केही समय लगत्तै गलत व्यवहार गरेको आरोपमा सर डेभीको प्रयोगशाला सहायकलाई जागिरबाट निकालियो । यो सन् १८१३ को कुरा थियो । फाराडेलाई ल्याबरोटोरीमा सहायकको रूपमा काम गर्न सर डेभीले बोलाए ।

फाराडेले तुरुन्तै त्यो जागिर स्वीकारे । विश्व प्रसिद्ध वैज्ञानिक मध्येका एकको सहायक भएर, बेलायतको रोयल इन्स्टिच्युटमा काम गर्न पाउनु फाराडेका लागि अकल्पनीय र जीवनमै नयाँ मोड ल्याउने अवसर थियो । उनले त्यो अवसर प्राप्त गर्दा अर्थात् रोयल इन्स्टिच्युटमा काम थाल्दाको दिन मार्च १, १८१३ मा उनको उमेर २१ वर्ष मात्रै थियो ।

अब फाराडेको जीवनमा नयाँ मोड आयो । नयाँ र प्रतिष्ठित काम, राम्रो तलब । साथसाथै, उनलाई रोयल इन्स्टिच्युटले बस्नका लागि कोठा पनि उपलब्ध गरायो ।

फाराडेले आफ्नो जीवनको ५४ वर्ष रोयल इन्स्टिच्युटमा बिताए । प्रयोगशालामा सहायकबाट काम थालेका उनी अन्त्यमा रसायनशास्त्रको प्रोफेसर समेत बने ।

राेयल इन्स्टिच्यूटमा फाराडेकाे प्रयाेगशाला । https://en.wikipedia.org/

प्रयोगशाला सहायकको रूपमा उनको काम प्रवचन र त्यस दौरानमा गरिने प्रयोगहरुका लागि उपकरण तयार गरिदिनुथियो । यसक्रममा उनले नाइट्रोजन ट्रिक्लोराइड नामक रसायनसँग पनि खेल्नुपथ्र्यो, जुन रसायन विस्फोट हुँदा पहिले डेभी घाइते भएका थिए । फाराडे आफै पनि नाइट्रोजन क्लोराइडको विस्फोटनमा परेर एक पटक त बेहोस नै पनि भएका थिए र सोहीक्रममा डेभी पनि पुनः घाइते भएका थिए । त्यही कारण अन्ततः त्यस रसायनको उपयोग गरेर गरिने प्रयोग नै पनि बन्द गरिएको थियो ।

फाराडेले रोयल इन्स्टिच्युटमा काम थालेको सात महिनामै डेभीले उनलाई आफ्ना सचिवका रूपमा १८ महिने लामो युरोप भ्रमणमा सँगै लगेका थिए ।

त्यसो त डेभीसँग फाराडेको सम्बन्ध सधैँ सुमधुर रहेन । आफ्नो लालनपालन र बेलायती जाति प्रणालीका कारण, फाराडे तल्लो जतिको मानिन्थ्यो र उनी उनको प्रतिष्ठित गुरु बराबर मानमनितो पाउन र व्यवहार गर्न अयोग्य मानिन्थ्यो ।

*******

युरोप यात्राको बेला फाराडे डेभीका विज्ञान सहायकका रूपमा मात्र काम गर्न बाध्य थिएनन्, उनको जिम्ममा त डेभीको निजी सहायकका रूपमा डेभीलाई लुगा लगाउन, दाह्री खौरन र अरू व्यक्तिगत काममा सघाउनु पनि पथ्र्यो । त्यसबाहेक डेभीकी पत्नी निर्दयी थिइन् र उनी फाराडेलाई आफूसँगै राखेर खाना खान तथा आफूसँगैको डब्बामा बसेर यात्रा गर्न पनि दिँदैनथिइन् ।

*******

सोहीकारण युरोप यात्राको बेला फाराडे डेभीका विज्ञान सहायकका रूपमा मात्र काम गर्न बाध्य थिएनन्, उनको जिम्ममा त डेभीको निजी सहायकका रूपमा डेभीलाई लुगा लगाउन, दाह्री खौरन र अरू व्यक्तिगत काममा सघाउनु पनि पथ्र्यो । त्यसबाहेक डेभीकी पत्नी निर्दयी थिइन् र उनी फाराडेलाई आफूसँगै राखेर खाना खान तथा आफूसँगैको डब्बामा बसेर यात्रा गर्न पनि दिँदैनथिइन् ।

त्यस भ्रमणमा फाराडेले विश्वविख्यात वैज्ञानिकहरु एन्द्रे मारिए एम्पेरेलाई पेरिसमा र एलेसान्द्रो भोल्टालाई मिलानमा भेट्ने मौका पाए । वास्तवमा, फाराडेका लागि त्यो युरोप भ्रमण विज्ञानको एउटा महाविद्यालयमा अध्ययन गर्न पाएको मौका जस्तै सावित भयो । त्यसबाट उनले विज्ञानका थुप्रै ज्ञानहरु हासिल गर्ने अवसर प्राप्त गरे ।

तर युरोप यात्राबाट लन्डन फर्केपछि फेरि स्थिति सामान्य बन्दै गयो । रोयल इन्स्टिच्युटले फाराडेको करार नवीकरण गर्यो र साथसाथै उनको तलब पनि बढाइदियो । डेभीले पनि आफ्नो प्राज्ञिक लेखहरुमा फाराडेलाई जस दिँदै लेख्न थाले : अत्यन्तै सक्षम सहयोगका लागि मिस्टर फाराडेप्रति ऋणी छु । “Indebted to Mr. Michael Faraday for much able assistance.”

सन् १८१६ मा अर्थात् २४ वर्षको उमेरमा फाराडेले आफ्नो जीवनकै पहिलो प्रवचन दिने अवसर पाए । उनले त्यो प्रवचन सिटी फिलोसोफिकल सोसाइटीमा ‘पदार्थका गुणहरुको बारेमा’ (on the properties of matter)  दिएका थिए । त्यसपछि उनले क्याल्सियम हाइड्रोअक्साइटको विश्लेषणबारे आफ्नो पहिलो प्राज्ञिक लेख क्वाटरली जर्नल अफ साइन्समा छपाए ।

२९ वर्षको उमेरमा सन् १८२१ मा उनलाई रोयल इन्स्टिच्युटको सुपरिटेन्डेन्ट अफ हाउस एन्ड ल्याबोरेटोरीको रूपमा बढुवा गरियो । उनले साराहा बर्नाडसँग विवाह गरे । यतिन्जेलसम्म उनलाई रोयल इन्स्टिच्युटको बुइगलको कोठाको सट्टामा ऐस, आराम र वैभवपूर्ण जीवन बाँच्ने सुविधायुक्त कोठा प्रदान गरिसकिएको थियो, जुन कोठामा कुनै बेला फाराडेका गुरु डेभी आफै बस्ने गर्थे ।

फाराडेले सन् १८२१ मा साराह बानार्डसँग विवाह गरेका थिए तर उनीहरुबाट सन्तानको जन्म भएन । उनीहरु दुवै प्रतिबद्ध क्रिस्चियन थिए र उनीहरु सान्डेमानिन सेक्टका सदस्यहरु थिए । आफ्ना कमजोर स्वास्थ्य अवस्थाका कारण फाराडेले सन् १८४० पछि विज्ञानको क्षेत्रमा कमै मात्र रिसर्च गरे ।

https://images.fineartamerica.com

फाराडेले सन् १८२१ मा साराह बानार्डसँग विवाह गरेका थिए तर उनीहरुबाट सन्तानको जन्म भएन । उनीहरु दुवै प्रतिबद्ध क्रिस्चियन थिए र उनीहरु सान्डेमानिन सेक्टका सदस्यहरु थिए । आफ्ना कमजोर स्वास्थ्य अवस्थाका कारण फाराडेले सन् १८४० पछि विज्ञानको क्षेत्रमा कमै मात्र रिसर्च गरे ।

*******

फाराडेले आफ्नो विलक्षण प्रतिभालाई प्रदर्शित गर्दै डेभीसँग मिलेर उनले केही महत्त्वपूर्ण आविष्कारहरु गरे । सन् १८२३ मा क्लोरिनको तरल रूप उनले आविष्कार गरे भने १८२५ मा उनले बेन्जिन नामले अहिले प्रचलित नयाँ पदार्थको आविष्कार गरे ।

फाराडे बिनाकुनै शङ्का अत्यन्तै दक्ष केमिस्ट त थिए नै, साथसाथै उनी इलेक्ट्रिसिटीका पनि मास्टर थिए । सन् १८२१ मा फाराडेले होमोपोलार मोटर आविष्कार गरे । उनको यो आविष्कार डेनमार्कका भौतिकविद् हान्स क्रिस्चन ओर्स्टेठडका इलेक्ट्रोम्याग्नेटिजमबाट प्रभावित थियो । त्यो मोटर चल्ने विधिलाई फाराडेले इलेक्ट्रोम्याग्नेटिक रोटेसन नाम दिएका थिए । यो नै अहिलेको इलेक्ट्रिक मोटरको मुख्य सिद्धान्त बनेको छ । यो आविष्कारबाट हौसिएका फाराडेले आफ्नो नजितालाई आफ्नो आविष्कारको उत्प्रेरक डेभीलाई जस नदिईकनै प्रकाशित गरे । यसको नतिजा के भयो भने फाराडे र डेभीको सम्बन्ध झनै विग्रिएर गयो । फलतः फाराडेले सन् १८३१ यता इलेक्ट्रिसिटीको क्षेत्रमा अर्को कुनै उपलब्धिमूलक काम गर्न सकेनन् । यो हुनुको कारण चाहिँ रिसाएका डेभीले फाराडेलाई अरू नै क्षेत्रको अनुसन्धानमा खटाएका कारण त्यस्तो भएको हो भनी मानिसहरु मान्ने गर्छन् ।

सन् १८२४ मा ३२ वर्षको उमेरमा उनी रोयल सोसाइटीमा निर्वाचित भए । यो भनेको उनी आफ्नै क्षमता र प्रतिभाको बलमा स्थापित वैज्ञानिक बनिसकेको कुरालाई स्वीकारिएको र सम्मान गरिएको स्थिति थियो । त्यसको १ वर्ष लगत्तै ३३ वर्षको उमेर (१८२५) मा उनी रोयल इन्स्टिच्युसन्स ल्याबेरोटरीका निर्देशक बने । त्यसै गरी ४१ वर्षको उमेरमा १८३३ मा उनी रोयल इन्स्टिच्युट अफ ग्रेट ब्रिटेनमा  रसायनशास्त्रको फुलरियन प्रोफेसर बने । उनले यो पद जीवनपर्यन्त धारण गरे ।

सन् १८४८ र १८५८ मा उनलाई दुई पटक रोयल सोसाइटीको सभापति बन्नका लागि प्रस्तावित गरिएको थियो तर उनले त्यसलाई अस्वीकार गरेका थिए ।

सन् १८३१ मा उनले इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन आविष्कार गरे । यसले आधुनिक इलेक्ट्रिक जेनेरेटर र ट्रान्सफर्मरहरुको जग बसाल्यो । यो आविष्कारले विद्युतको उपयोगमा क्रान्तिकारी फड्को ल्यायो । अहिलेसम्म ल्याब र सीमित प्रयोगहरुमा सीमित विद्युतलाई सर्वसाधारणसम्म पुर्याउने ढोका उनको यही आविष्कारले खोलिदियो ।

*******

सन् १८३१ मा उनले इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन आविष्कार गरे । यसले आधुनिक इलेक्ट्रिक जेनेरेटर र ट्रान्सफर्मरहरुको जग बसाल्यो । यो आविष्कारले विद्युतको उपयोगमा क्रान्तिकारी फड्को ल्यायो । अहिलेसम्म ल्याब र सीमित प्रयोगहरुमा सीमित विद्युतलाई सर्वसाधारणसम्म पुर्याउने ढोका उनको यही आविष्कारले खोलिदियो ।

*******

यी दुई अद्भुत आविष्कारहरु गरिरहेकै बेलाको बीचको समयमा उनले  आफू काम गरेको रोयल इन्स्टिच्युटमा बेलुकी छलफल चलाउन र क्रिसमस लेक्चर सुरु गरे । उनको यो लोकप्रिय लेक्चर सिरिजहरु आज पनि चालू छ । फाराडेको सोचाइ थियो, त्यसले वैज्ञानिक अवधारणाहरुमा जनताको पहुँचलाई अझ सहज बनाउने छ र युवाहरुलाई विज्ञानतर्फ आकर्षित गर्नेछ । उनले यो गर्नुको पछाडि उनी आफैले पनि आफ्नो प्रारम्भिक जीवनकालमा यस किसिमको अवसरबाट वञ्चित हुनले पनि काम गरेको थियो ।

फाराडे सन् १८६७ सम्म बाँचे । उक्त वर्षको अगस्ट २५ मा यी महान् वैज्ञानिकको निधन भयो ।

फाराडेले आफ्नो लेक्चर दिने तरिकाको बारेमा साथीलाई लेखेको चिठ्ठीमा यस्तो उल्लेख गरेका थिए :

 ‘एउटा ज्वालालाई सुरुवातमै बाल्नुपर्छ र त्यसलाई अन्त्यसम्मै निर्वाध रूपमा शोभायमान पारेर बालिराख्नुपर्छ ।’

वास्तवमा, उनको यही भनाइले नै उनको जीवन दर्शनलाई र उनी कसरी बाँचे भन्ने कुरालाई दर्शाउँछ ।

फाराडेको जन्म एक गरिब परिवारमा भएको थियो जो पछि गएर संसारका महानतम् वैज्ञानिक मध्येका एक भए । विज्ञानको क्षेत्रमा उनले गरेका अतुलनीय योगदान र आविष्कारहरु यस अर्थमा पनि महत्त्वपूर्ण छ कि उनले त्यो समयमा ती आविष्कारहरु गरे, जुन बेलामा विज्ञान भनेको कुरा धनी र सम्पन्न परिवारहरुका लागि मात्र बनेको मान्ने गरिन्थ्यो । विज्ञानको क्षेत्रमा, अझ विशेष गरेर विद्युतीय विज्ञानको क्षेत्रमा उनले गरेको विशिष्ट योगदानको सम्मानमा विद्युतीय चार्जलाई सङ्ग्रहित गर्ने प्रणाली नाप्ने एकाइ (The unit of electrical capacitance) को नाम नै फाराड (Farad)  राखिएको छ, जसको सङ्केत F हो ।

 

Title Photo:https://learnodo-newtonic.com

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...