शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायीद्वारा प्रधानमन्त्री निवास अगाडि धर्ना (फोटोफिचर)

मङ्गलबार, १० मङ्सिर २०७६, ११ : ५०
मङ्गलबार, १० मङ्सिर २०७६

काठमाडौँ । सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरेको विरोधमा आन्दोलित निर्माण व्यवसायीहरुले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि धर्ना दिएका छन् ।

कालोसूचीमा परेका तथा भ्रष्टाचारमा मुछिएका ठेकेदारलाई सार्वजनिक बोलपत्रमा सहभागी हुन नदिनेगरी सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेको हो ।

आफूहरुको हक विपरीत ऐन संशोधन भएको भन्दै निर्माण व्यवसायीहरुको छाता संगठन ‘नेपाल निर्माण व्यवसायी महासंघ’ले चरणबद्ध आन्दोलन घोषणा गरेको हो ।

सोही क्रममा निर्माण व्यवसायीहरु मंगलबार बिहान प्रधानमन्त्री निवास अगाडि धर्नामा सहभागी भएका हुन् । 

केही दिन यता धर्ना कार्यक्रम गर्दै आएका उनीहरुले माग पूरा नभए काम ठप्प पार्ने चेतावनीसमेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप