शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्षमता भन्दा बढी ठेक्का लिने निर्माण कम्पनीसँग ठेक्का सम्झौता नगर्न प्रधानमन्त्रीको निर्देशन

सोमबार, ०९ मङ्सिर २०७६, २१ : ५०
सोमबार, ०९ मङ्सिर २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने र क्षमता भन्दा बढी ठेक्का लिने निर्माण कम्पनीसँग ठेक्का सम्झौता नगर्न निर्देशन दिएका छन् । 

सिंहदरबारमा सोमबार भएको मन्त्रालयगत चौमासिक समीक्षा वैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाथ्र्य नभएका निर्माण कम्पनिहरुलाई ठेक्का दिन नहुने बताए । 

बैठकमा ओलीले मन्त्रालय मातहत निकायका विकास आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन् । 

 प्रधानमन्त्री ओलीले आगामी १५ दिनभित्र सम्पूर्ण ठेक्काको विवरण तयार गर्न सम्बन्धित मन्त्रालयका सचिवहरुलाई निर्देशन पनि दिए । 

प्रधानमन्त्री आलीले धेरै ठेक्का लिएर काम अलपत्र पार्नेलाई अयोग्य बनाउने भन्दै त्यस्ता ठेकेदारलाई हटाई अर्को सक्षमलाई जिम्मेवारी दिइनुपर्ने बताए । 

प्रधानमन्त्री ओलीले सुशासन र विकास मार्फत राजीतिमा आएको परिवर्तनको अनुभूति जनतामा गराउनु सक्नुपर्छ भन्दै मुलुकका सम्पूर्ण क्षेत्रमा देखिनेगरी सुधार गर्नुपर्ने बताए । 

 यस्तै प्रधानमन्त्री ओलीले अनुदान रकमको सम्पूर्ण विवरण बुझाउन सबै मन्त्रालयहरुलाई निर्देशन दिए । 

प्रधानमन्त्री ओलिलृ नीति एकातर्फ, बजेट अर्कोतर्फ र कार्यक्रम अर्कोतर्फ रहेको प्रवृत्तिकाबारेमा औंल्याउदै स्रोत निश्चित नभएका, नीति तथा कार्यक्रम र बजेटमा नपरेका परियोजनामा खर्च गर्ने तथा बजेट विनियोजन भएका कार्यक्रमका रकम अलपत्र पार्ने प्रवृत्ति दोहोरिन नदिन सचेत गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप