शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई उपेन्द्र यादवको व्यङ्ग्य : मलाई बढी नै माया गर्नुभयो !

सोमबार, ०९ मङ्सिर २०७६, १५ : ०३
सोमबार, ०९ मङ्सिर २०७६

काठमाडौं । सरुवा भएको ५ दिनपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।

सोमबार सिंहदबारमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि मन्त्री यादवले आफूलाई प्रधानमन्त्रीले बढि नै माया गरेर कानुन मन्त्रालयमा पठाएको प्रतिक्रिया दिए । 

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए । 

जिम्मेवारी ग्रहण गर्दै उनले त्यसलाई आफूले सामान्य रुपमा लिएको पनि प्रतिक्रिया दिए । 

‘प्रधानमन्त्रीले तपाईँसँग परामर्श नगरी मन्त्रालयको जिम्मेवारी परिवर्तन गर्नु भयो नि ?’ भन्ने संचारकर्मीहरुको जिज्ञासाको जवाफमा उपप्रधानमन्त्री समेत रहेका यादवले प्रधानमन्त्रीले सो विषयमा परामर्श गरिराख्नु नपर्ने पनि स्मरण गराए । 

‘परामर्श गरिराख्नु पर्दैन’, कानुनमन्त्री यादवको भनाइ थियो ।  ‘यो सामान्य कुरा हो, प्रधानमन्त्रीको विशेषाधिकारको कुरा हो ।’ प्रधानमन्त्रीले आफूलाई अझ बढी अनुभवी होस्, धेरै मन्त्रालको अनुभव होस् भनेर अलि बढि नै माया गरेर सो मन्त्रालयको जिम्मेवारी दिएको हुन सक्छ’ उनले प्रधानमन्त्रीलाई व्यङ्ग्य गरे । 

यसैबीच, उपप्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यादवले अझै राम्रोसँग कार्य सम्पादन गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । उनले कुनै पनि समस्या भए आफूसँग निशंकोच राख्न मातहतका कर्मचारीलाई सचेत गराउदै मन्त्रालयमा काम गर्ने क्रममा देखिएका कुनै पनि समस्या समाधानका लागि सचिवमार्फत आफू कहाँ आउँदा उपयुक्त हुने बताए । 

उपप्रधानमन्त्री यादवले संघीयता अनुकूल हुने गरी कानुन संशोधनको काममा आफूले ध्यान केन्द्रित गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप