बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीको नयाँ नेतृत्व चयन

आइतबार, ०८ मङ्सिर २०७६, १३ : १६
आइतबार, ०८ मङ्सिर २०७६

जर्मनी । अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीले डा सरोज चुडालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै पाँचौ अधिवेशन सम्पन्न गरेको छ । 

 गत १७ नोभेम्बरमा साँस्कृतिक शहर ब्रेमेनमा भएको अधिवेशनले आगामी २ बर्षको लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । मञ्चका निवर्तमान अध्यक्ष बेल गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा जर्मनीका विभिन्न सहरबाट आएका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । कलाकारहरु पार्वती गुरुङ्ग मलिसा गुरुङ्ग, डा प्रविन प्रसाईँ, बिकु अधिकारी, सरोज पन्त, छिरिङ शेर्पा लगायतको प्रस्तुतिले कार्यक्रममा रौनकता बढाएको थियो । 

 विदेशी भूमिमा रहेका नेपाली र नेपालीका सन्तानलाई आफ्नो देशको कला संस्कृतिप्रति आस्था जगाइराख्न र नेपाली सस्कृति भुल्न नदिन अन्तर्राष्ट्रिय कलाकार मञ्चले विविध प्रकारमा कार्यक्रम अघि सार्ने अध्यक्ष डा चुडालले बताए । 

 गठित नयाँ कार्यसमितिको उपाध्यक्षहरुमामा रविन काजी भण्डारी, काजी राना, महासचिवमा सुरज कार्की र कोषाध्यक्षमा छिरिङ शेर्पा चयन भएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप