शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर युवकको मृत्यु

शनिबार, ०३ भदौ २०७४, ०९ : १७
शनिबार, ०३ भदौ २०७४

विराटनगर - करेन्ट लागेर मोरङमा एक कामदार युवकको शुक्रबार साँझ मृत्यु भएको छ । 

बूढीगंगा गाउँपालिका–४ बस्ने १८ वर्षीय अनिलकुमार साहको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । 

सोही गाउँपालिका–४ स्थित हिमालय सिटी रिक्सा उद्योगमा काम गर्ने साह उद्योगको छाना सफाइ गर्ने क्रममा बिजुलीको तार छुन गएपछि गम्भीर घाइते भएकामा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप