शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डोनाल्ड ट्रम्पको दाबीः 'म नभएको भए १४ मिनेटमै हङकङ ध्वस्त हुनेथियो'

शनिबार, ०७ मङ्सिर २०७६, १३ : ०३
शनिबार, ०७ मङ्सिर २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङ ध्वस्त हुनबाट आफूले बचाएको दाबी गरेका छन् । उनले चीनका राष्ट्रपति सि जिङ पिङको लोकतन्त्र समर्थकले गरेको आन्दोलन दबाउन सैनिक पठाउने निर्णयलाई रोक्नाले हङकङ ध्वस्त हुनबाट बचाएको बताएका हुन् ।

ट्रम्पले आफू नभएको भए १४ मिनेटमै हङकङ ध्वस्त हुने भन्दै राष्ट्रपति सीलाई आन्दोलनकारीमाथि दमन गर्न सैनिक पठाउन नदिएको दाबी गरेका छन् ।

यद्यपि, अमेरिकी संसदमा हङकङमा जारी लोकतन्त्र समर्थकको पक्षमा बिल पेश गरिएको थियो । उक्त बिलमा कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले लोकतन्त्रीवादीहरुको पक्षमा वकालन गर्ने र मित्र सीको पक्षमा पनि कुराकानी गर्ने बताएका थिए ।

ट्रम्पले भने,‘सी जिङपिङले हङकङभन्दा बाहिर लाखौँ सैनिक तैनाथ गरेर राखेका छन् । तर उनीहरु भित्र छिर्दैनन् किनकी मैले त्यस्तो गर्नबाट रोकेको छु । त्यस्तो गर्नु ठूलो भूल हुनेछ । यसबाट व्यापार सम्झौतामा निकै ठूलो असर पुग्नेछ ।’

अमेरिकी संसदमा हङकङलाई लिएर बिल पास

अमेरिकी संसदमा हङकङ मानवअधिकार र लोकतन्त्र नियम पारित गरिएको छ । यसमा ट्रम्पले हस्ताक्षर गर्न बाँकी रहेको स्रोतले बताएको छ ।

पछिल्लो ६ महिनादेखि हङकङमा लोकतन्त्र समर्थकहरुले सरकारको विरोध गर्दै आन्दोलन गरिरहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप