शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेस रिभ्यू : भारतले छर्‍यो अर्को भ्रम, नक्सा पुनः संशोधन, बैंकिङ अपराधमा कर्मचारी

प्रधानमन्त्री हुने हतारो छैन  ः प्रचण्ड

शनिबार, ०७ मङ्सिर २०७६, ०७ : १२
शनिबार, ०७ मङ्सिर २०७६

आज संसिर ७ गते शनिबार प्रकाशित मुख्य दैनिक पत्रिकाले समसामयिक राजनीतिक, नेपाल–भारत सीमा विवाद र बैंककिङ्ग अपराधका विषयलाई प्राथमिकता दिएर समाचार प्रकाशित गरेका छन् । आजको कान्तिपुर दैनिकले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डको अन्तरवार्ताको मुख्य अंशलाई आजको मुख्य समाचार बनाएको छ भने नयाँ प्रत्रिकाले बैंकिङ्ग क्षेत्रमा भइरहेको ठगीको विषयलाई उजागर गरेको छ ।

त्यसैगरी अन्नपूर्ण पोस्ट्ले नेपाल र भारत सीमा विवादको विषयलाई मुख्य समाचार बनाएको छ भने नागरिक दैनिकले काठमाडौं उपत्यकामा बढ्दै गएको प्रदूषणले वर्षेनि १० हजारको ज्यान जाने गरेको तथ्यलाई प्राथमिकताका साथ आवरण समाचार प्रकाशित गरेको छ ।

प्रधानमन्त्री हुने हतारो छैन : प्रचण्ड

कान्तिपुर दैनिकमा अनुसार नेकपाका अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् । उनले विगतमा गरिएको पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने सहमतिलाई पनि नयाँ निर्णयले प्रतिस्थापन गरेको स्पष्ट पारे ।

‘मलाई प्रधानमन्त्री हुने हतारो छैन । देशमा स्थिरता हुनुप¥यो, स्थायित्व हुनुप¥यो । विकास निर्माणले गति लिनुप¥यो,’ उलने आफ्नो खुमलटार निवासमा शुक्रबार कान्तिपुरलाई अन्तर्वार्ता दिँदै भने,‘म पार्टी अध्यक्षका हैसियतले देशको स्थायित्व  र जनताको भलाइका निम्ति सक्रिय भूमिका खेल्छु ।’ अध्यक्ष प्रचण्डले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच स्पष्टसँग अधिकार बाँडफाँट गरिएपछि सबै भ्रमहरुको अन्त्य भएको पनि उल्लेख गरे ।

नेपाल–भारत सीमा विवाद : भारतको भ्रम, नेपालले पठायो कूटनीतिक नोट

अन्नपूर्णका अनुसार नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा तत्काल संशोधन गर्दै अर्को भ्रम छरेको छ । कात्तिक १५ गते जारी नक्सामा काली नदी भारतमा प्रस्ट देखिएपछि विवाद बढेको थियो । यो साता बनाएको अर्को नक्सामा काली नदी त्यहीँ छ, मात्र नाम झिकिएको छ ।

जम्मु कश्मीरलाई दुई प्रान्तमा विभाजन गरेपछि जारी नक्सामा भारतले काली नदीलाई पुरानै स्थानमा राखेको थियो । लिम्पियाधुरालाई काली नदी मुहान स्वीकार गरेको थियो । सर्भे अफ इन्डियाले तीन साता नबित्दै नवौं संस्करणको नक्सा बाहिर ल्याएको हो । भारतले नक्सालाई उलटपुलट पार्दै नेपाली भूमि अतिक्रमण गरिएको छ । सुगौली सन्धिमा नेपालको पश्चिमी सीमा काली नदी स्पष्ट छ ।

नागरिक दैनिकका अनुसार कोशी नदीले १२ वर्षदेखि भत्काएका नेपाल–भारत सीमास्तम्भ अझै निर्माण हुन सकेका छैनन् । कोशीले  नेपाल–भारत सीमा छुट्ट्याउन सुनसरी क्षेत्रमा गाडिएका २३ सीमास्तम्भ भत्काएको थियो । सीमास्तम्भ नबन्दा दशगजा क्षेत्रमा अतिक्रमण बढ्दै छ ।

कान्तिपुर दैनिकाका अनुसार भारतको नयाँ नक्साप्रति औपचारिक विरोध गर्दै नेपालले कूटनीतिक नोट पठाएको छ । भारतले कालापानी, लिपुलेकलगात भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको तीन सातापछि नेपालले औपचारिक रुपमा विरोध जनाएको छ । नेपालले बिहीबार नयाँ नक्साविरुद्ध ‘कूटनीतिक नेट’ पठाएर भारतसमक्ष विरोध जनाएको हो । भारतको गृह मन्त्रालयले नोभेम्बर २ मा कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई आफ्नो सीमाभित्र राखेर नक्सा जारी गरेको थियो ।

बैंकिङ अपराधमा कर्मचारी : १० वर्षमा २२ अर्ब ठगी

नयाँ पत्रिका दैनिकका  अनुसार नक्कली खडा गरिएका कम्पनी र कमसल धितोलाई अतिकतम मूल्यांकन गरी बैंकका कर्मचारीद्वारा मिलेमतोमा कर्जा प्रवाह हुने गरेको छ । पछिललो १० वर्षमा बैंकका कर्मचारीकै मिलेमतोमा २२ अर्बभन्दा धेरै अनियमितता भएको छ । यो अवधिमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआईबी)ले बैंकिङ कसुरमा ५२ बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीसहित एक हजारभन्दा धेरैविरुद्ध मुद्दा चलाएको छ ।

उनीहरुसँग २२ अर्ब ६ करोड आठ लाख ४६ हजार ८ सय ३४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । हाल सिआईबीले नेपाल बैंकका नवौं तहका कर्मचारी भूपराज कोइरालाको करीब ६० लाख अनियमिताको घटना छानबिन गरिरहेको छ  ।

उपत्यकामा प्रदूषण : वर्षेनि जान्छ १० हजारको ज्यान

नागरिक दैनिकका अनुसार उपत्यकामा जाडोयामको सदावहार विशेषता हो–बढ्दो वायु पदूषण । यो समयमा जसरी ताक्रम घट्दै जान्छ त्यसको ठीक उल्टो धुवाँ र धुलोले प्रदूषण मापनको आँकडा बढाउँदै लग्छन् । राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा विगत दुर्व वर्षदेखि विभिन्न स्थानमा जडान गरिएका सातवटा प्रदूषण मापन स्टेसनले हावाको गुणस्तरको सूचकांक अर्थात एयर क्वालीटी इन्डेक्स मापन गर्दै आएका छन् । एक साताको तथ्यांकले उपत्यकाको वायु प्रषूषणको स्तर अस्वस्थकर रहेको देखाएको छ ।

सन् २०१९ मा प्रकाशित ग्लोबल एयर रिपोर्टले विश्वको कुल मृत्यु दरमा वायु प्रदूषण पाँचौ कारक रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रदूषणका कारण काठमाडौंमा मात्रै वािर्षक झन्डै १० हजार मानिसको मृत्यु हुन्छ ।

उपेन्द्र यादवले अब के गर्लान् ?

अन्नपूर्ण पोस्ट्ले प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्दै नसोधी उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा गरिदिए । मन्त्रिपरिषद् पुनर्गठन हुँदा भारत भ्रमणमा रहेका सामाजवादीका अध्यक्ष यादव आक्रोशित हुँदै शुक्तबार फर्किएका छन् ।

उनी नआउँदै देशभित्र यो प्रश्न उब्जिएको छ, अब उनी के गर्लान् ? समाजवादीमा यसै विषयमा मतभेद सुरु भइसकेको छ । केही सरकार छाड्नुपर्ने तर्कमा छन् भने कतिपय अझै हेर्नुपर्ने धारमा छन् । समाजवादीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई तत्काल सरकारबाट बाहिरिनुपर्ने पक्षमा छन् । तर, उपप्रधानमन्त्री यादव निकटले मन्त्रालय हेरफेर हुँदैमा सरकारबाट बाहिरिनुपर्ने तर्क सही नभएको बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप