शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकार निष्प्रभावी हुँदा मन्त्री परिवर्तन भए : नेता महत

शुक्रबार, ०६ मङ्सिर २०७६, १९ : ५९
शुक्रबार, ०६ मङ्सिर २०७६

पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले सरकार प्रभावकारीरुपमा चल्न नसक्दा मन्त्री परिवर्तन गर्नुपर्ने अवस्था आएको आरोप लगाएका छन् । मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आज भक्तपुर नगरपालिका–१० कमलविनायकमा आयोजना गरिएको घरदैलो कार्यक्रममा उनले सरकार निष्प्रभावी हुँदा मन्त्री परिवर्तन गर्दै जानुपर्ने अवस्था आएको उल्लेख गरे ।

“काँग्रेसले उपनिर्वाचनलाई प्रतिपक्षलाई बलियो बनाउन तथा सत्ताप्रतिको जनताको असन्तुष्टिलाई मापन गर्ने पारोका रुपमा लिएको छ”, नेता महतले भने ।  काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले महङ्गी, कर, बलात्कार, भ्रष्टाचारलगायत नियन्त्रण हुन नसकेकाले सरकारलाई सतर्क र सजग गराउन समेत काँग्रेसको जित आवश्यक रहेको बताए । 

घरदैलो कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, पूर्वसांसद कञ्चनचन्द्र वादे, केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायत सहभागी रहेको उपनिर्वाचन परिचालन समितिका संयोजक उद्धव खड्काले जानकारी दिए ।  उपनिर्वाचनमा काँग्रेसबाट  कृष्णलाल भँडेल उम्मेदवार रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप