संस्कार र संस्कृति जोगाउन कृष्ण भँडेललाई जिताउनुहोस् : नेता जोशी
भक्तपुर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुरबाट काँग्रेसलाई जिताउन आग्रह गरेका छन् । घरदैलो कार्यक्रमका लागि कमलविनायक आइपुगेका जोशीले भक्तपुर– १ प्रदेश (ख )मा भक्तपुरको जनताले आफ्नो कला, संस्कार, संस्कृति र परम्परा जोगाउनका लागि कृष्ण भँडेललाई जिताउन आग्रह गरे ।
उनले भने, ‘भक्तपुरको एक सिट जित्दैमा कांग्रेस सत्तामा र कम्युनिष्टको बहिर्गमन हुने होइन । यो उपनिर्वाचमा कृष्ण भँडेलले भक्तपुरबाट जित्दै गर्दा नपाली जनताले सरकारलाई सच्चिन चेतावनी दिएको भन्ने सन्देश प्रवाहित हुनेछ ।’
भँडेल प्रदेश सभा जाँदै गर्दा भ्रष्टचारमा रुमल्लिएको सरकारलाई एउटा झापट लाग्ने उनको भनाइ थियो । फरक प्रसंगमा जोशीले सरकारले काममा राष्ट्रियता देखाउनुपर्नेमा बोलेर आफू महान् राष्ट्रवादी भएको नाटक मन्चन गरिरहेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा