शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सागमा नेपाल र भारत फरक समूहमा

शुक्रबार, ०६ मङ्सिर २०७६, १८ : २८
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार समूह विभाजन र खेल तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार नेपालको समूहमा बंगलादेश र भुटान रहेका छन् । नेपालले बंगलादेशसँग खेल्दै सागको सुरुवात गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल डिसेम्बर १ तारिमा हुनेछ । नेपालले समूहको दोस्रो खेल डिसेम्बर ५ तारिख भुटानसँग खेल्नेछ । समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाल पुरुष फुटबलको साविक विजेता हो । गुवाहाटीमा भएको १२औं सागको फाइनलमा नेपालले भारतलाई हराउँदै स्वर्ण जिनतेको थियो । 

महिलामा चार टोली मात्र 
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला फुटबलमा चार देशले मात्र भाग लिने भएका छन् । एन्फाले सुक्रबार खेल तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ३ मा श्रीलंका, डिसेम्बर ५ मा माल्दिभ्स । डिसेम्बर ७ मा भारतसँग खेल्नेछ । राउन्ड रोविन लिगका आधारमा खेलाईने खेलमा शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । महिला फुटबल पोखरामा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप