‘हेजिङ’ ऐन कार्यान्वयनमा ल्याइएको छ, ढुक्क भएर लगानी गर्नुस् : मन्त्री खतिवडा
काठमाडौं । सरकारले विद्युत निर्यातका लागि बजारको खोजी गर्न सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युत निर्यातका लागि विभिन्न मुलुकसँग कुरा भइरहेको जानकारी दिए । काठमाडौंमा जारी उर्जा सम्मेलनमा उनले विद्युत उत्पादन बढाउन वैदेशिक लगानी आकर्षित गर्न सरकारले ऐन, कानुनमा सुधार गरेको बतए ।
सरकारले १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । तर आन्तरिक खपत १ हजार ५ सय मेघावाट मात्रै हुने भएकाले विद्युत निर्यातका लागि बजारको खोजी गर्नुपरेको मन्त्री खतिवडाको भनाइ छ ।
डलरमा हुने उतारचढावका कारण नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन नदिन ‘हेजिङ’ ऐन लागू गरि कार्यान्वयनमा ल्याइएकाले ढुक्क भएर लगानी गर्न पनि बाह्य मुलुकका लगानीकर्तालाई उनले आग्रह गरे ।
अर्थमन्त्री खतिवडाले विश्व बैंकको पछिल्लो तथ्यांकले नेपालमा लगानीको उपयुक्त वातावरण बनेको देखिएकाले नेपालमा लगानी गर्न डराउनुपर्ने अवस्था नरहेको बताए । उनले जलविद्युत क्षेत्रमा लगानी गरेर पूँजी बजारबाट लाभ लिन पनि सम्बन्धित सबैलाई आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण
-
पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी