शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ लगायतका स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ

शुक्रबार, ०६ मङ्सिर २०७६, १६ : १२
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौँ लगायतका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार र शुक्रबार काठमाडौँबाट ३ र मकवानपुरबाट २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौं महानगरपालिका–३२ बालकुमारी पुलबाट नियन्त्रित लागूऔषधसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक चन्द्रोदयपुर गाउँपालिका–५ ठेगाना भएका २४ वर्षीय धन बहादुर वाइवा र मकवानपुर ईन्द्रसरोवर गाउँपालिका–३ ठेगाना भएकी ३६ वर्षीया सुनिता गोले रहेका छन् । 

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले वाइवाको साथबाट बुप्रेनोर्फिन नूफिन १ हजार ५ सय ६४ एम्पुल, डाइजेपाम १ हजार ४ सय ८७ एम्पुल, फेनारगन १ हजार ५ सय ७० एम्पुल
र गोलेको साथबाट नाइट्राजेपाम (नाईट्राभेट) ५ हजार ५ सय ५० ट्याब्लेट फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

यसैगरी, काठमाडौं महानगरपालिका(२८ रत्नपार्कस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ९४ एम्पुल, बुप्रेनोर्फिन १ सय ९० एम्पुल र फेनारगन १ सय ८९ एम्पुल सहित मकवानपुर थाहा नगरपालिका–१२ बस्ने ५५ वर्षीय रमेश शिवभक्तीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा बारा निजगढ नगरपालिका–१२ बस्ने ३२ वर्षीय वीर बहादुर तितुङले र सोही ठाउँ बस्ने २७ वर्षीय राजकुमार तितुङ रहेका छन् । 

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बा.५७ प २३८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप