बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महरा प्रकरण : थुनामै राख्नुपर्ने कारणको कैफियत कागजात झिकाउन उच्च अदालतको आदेश

शुक्रबार, ०६ मङ्सिर २०७६, १५ : २३
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौँ । उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुपर्ने कारणको कैफियत कागजात जिल्ला अदालत काठमाडौँबाट माग गरेको छ ।

शुक्रबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलाशले महरालाई थुनामा पठाउनुपर्ने कारणबारे जान्न जिल्ला अदालत काठमाडौंबाट कैफियत कागजात मगाउने आदेश दिएको हो ।

आपूmलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरिरहनुपर्ने जरुरत नभएको भन्दै महराले थुना बाहिरै रही मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

महराको निवेदनमाथि शुक्रबार मुख्य न्यायाधीश सुवेदीले कैफियत कागजात झिकाउने आदेश दिएका हुन् ।

जिल्ला अदालतबाट घटनाको मुचुल्का, बयान लगायतका सबै कागजात आएपछि सो कागजातको अध्ययन गरी महरालाई थुनामै राख्ने वा थुना बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न दिने भन्ने बारे उच्च अदालतले आदेश दिनेछ । उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएमा महरा थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्नेछन् । उच्च् अदालतले पनि थुनामै पठाउे जिल्लाको आदेश सदर गरेमा महरा सर्वोच्च अदालतमा पनि निवेदन दिन जान सक्नेछन् ।

महराको मुद्दा भने जिल्ला अदालत काठमाडौँमै चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप