शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल विद्यार्थीहरुको अनसन आठौँ दिन पनि जारी

शुक्रबार, ०६ मङ्सिर २०७६, १५ : ०७
शुक्रबार, ०६ मङ्सिर २०७६

बुटवल  । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सका विद्यार्थीहरुले सरकारले तोकेभन्दा बढी आफूहरुबाट असूल गरिएको रकम फिर्ताको माग गर्दै आन्दोलन गरिरहेका जारी राखेका छन् । उनीहरुले आन्दोल शुरु गरेको आज २३ दिन पुगेको छ भने रिले अनसन शुरु गरेको ८ दिन पुग्दा समेत कलेजको व्यावस्थापन पक्ष विद्यार्थीको माग सम्बोधन गर्न मौन रहेको छ ।

त्यहाँ अध्ययनरत विद्यार्थीहरुले सरकारले तोकेभन्दा बढी आफूहरुबाट असूल गरिएको रकम फिर्ताको माग गर्दै दैनिक कलेजको मूलगेटमा धर्ना दिइरहेका छन् । आन्दोलनरत विद्यार्थीहरुले कलेज प्रशासनले आफूहरुको माग नसुनेको भन्दै उनीहरुले कात्तिक २५ गतेदेखि  तालाबन्दी गरेका थिए ।

भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले सम्पत्ति शुद्धिकरणको छापाबाट बच्न विद्यार्थीले ताला लगाएको कार्यालयमा प्रवेश गरी डकुमेन्ट मिलाउने र गोप्य कागजात लुकाउने काम गरेको विद्यार्थीहरुको आरोप रहेको छ । कलेज प्रशासनले त्यहाँ आन्दोलनरत विद्यार्थीहरुले ताला लगाएको कार्यालयमा झ्यालबाट कर्मचारी पठाएर कागजात लुकाउने काम गरेको अनसनरत बिद्यार्थीहरुले बताएका छन् ।

विद्यार्थीहरुले कलेज प्रशासनले महत्त्वपूर्ण सूचना र सोसँग सम्बन्धित कागजात गायब पार्न चोरबाटो प्रयोग गरेको भन्दै कलेजको गैरकानूनी आयको विषयमा तत्काल छानबिन गर्न माग गरेका छन् । उनीहरुले अन्य तीन मेडिकल कलेजजस्तै युनिभर्सलमा समेत छापा मार्नुपर्नेमा सरकारी निकायले समेत बेवास्ता गरेको भन्दै आश्चर्य व्यक्त गरेका छन्।

यता, सरकारले पनि विद्यार्थीबाट बढी रकम असूल्ने कलेजहरुलाई रकम फिर्ता गर्न पटक पटक आग्रह गरिसकेको छ । आग्रहलाई नटेर्ने कलेजहरुमा छापा मारेको सरकारले कलेज संचालकविरुद्ध ठगी मुद्धा समेत चलाउने तयारी गरिरहेको छ ।  चितवन र बिराटनगर पनि विद्यार्थीहरुले सरकारले तोकेको भन्दा धेरै रकम फिर्ताको माग गर्दे आन्दोलन गरेका छन् । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सले सरकारले तोकेभन्दा १० लाख रुपैयाँ प्रति विद्यार्थी उठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप