बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुबै फिल्म हिट भएपछि दंग रोहित

शुक्रबार, ०६ मङ्सिर २०७६, १३ : १७
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौं– यतिबेला निर्माता रोहित अधिकारी दंग छन् । उनले निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनको ५१ औं दिनको नजिक पुगेको छ । फिल्म यो बर्षको हालसम्मकै सर्वाधिक कमाउने फिल्म समेत बनेको छ । फिल्मले अहिलेसम्म १२ करोड माथिको व्यवसाय गरिसकेको रोहितले बताए ।

रोहित फिल्म ‘गाजलु’ बाट निर्माणमा होमिएका हुन् । ‘गाजलु’ युवा स्टार अनमोल केसी र पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री श्रृष्टि श्रेष्ठ लिएर जोडीका रुपमा थिए । फिल्मले राम्रो व्यवसाय समेत गर्यो । पहिलो फिल्म अनमोल र श्रृष्टिलाई लिएर हिट भएपछि दोस्रो के गरेर, कसरी बनाउने उनी दुबिधामा थिए । यतिकैमा उनको ‘छक्का पन्जा’ सिरिजका युनिट दिपकराज गिरी लगायतको टिमसँग सहकार्य भयो ।

आफ्नै ब्यानरमा हिट फिल्म दिइरहेका दिपकराज गिरीको टिम र रोहितको सहकार्यमा ‘छ माया छपक्कै’ बन्यो । फिल्म सफल मात्र होइन ब्लकबस्टर नै भयो । धेरै बनाएर पनि एक फिल्म हिट दिन नसकेका कारण निर्माणमा स्थिापित हुन नसकेका केही निर्माता छन् अझै छन् फिल्म क्षेत्रमा । रोहित भने त्यस्तो भाग्यमानी निर्माता सावित भए । जसले बनाएको सबै फिल्म हिट भयो ।

फिल्म हिट भएसँगै निर्माणमा पनि उनी स्थापित भएका छन् । दुबै फिल्म हिट भयो । एकातिर खुसी त छँदैछ । यसले आफुलाई चुनौती पनि थपेको रोहितले बताए । ‘दर्शकले छोटो समयमा मलाई धेरै माया दिनुभएको छ’ रोहितले भने ‘यो माया कायम राख्नु मेरा लागि अव चुनौती छ ।’ दर्शकका लागि झन् स्तरीय फिल्म बनाउने आफ्नो प्रयास रहेन उनले सुनाए ।  

‘छ माया छपक्कै’ चलचित्र भवनबाट अझै उत्रिएको छैन । रोहित भने अर्काे फिल्मको तयारीमा जुटिसकेका छन् । निर्देशक दिनेश राउतसँगको सहकार्यक्रमा उनी तेस्रो प्रोजेट तिर लागेका हुन् ।  रोहित फिल्म सफलताका सबैभन्दा बलियो कथा हुनुपर्नेमा विश्वास गर्दछन् । त्यसैले उनी अहिले फिल्मको कथा राम्रो छान्ने र बनाउने छलफलमा लागेका छन् । उत्कृष्ट कथा तयार भएपछि कलाकार छनौट गर्ने उनले सुनाए ।

‘फिल्मको कथाअनुसार कलाकार र अन्य खर्च कुनैपनि कुरामा म कम्परमाइज गर्दिन’ रोहितले भने ‘मलाई लाग्छ सफलताको पहिलो कसी यहि हो ।’ लगातार सफल फिल्ममा ह्याट्रिक गर्ने सोच आफु रहेको उनले सुनाए । उनले थपे ‘त्यसका लागि पहिलेको भन्दा दोब्बर मिहिनेत गर्दैछु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप