शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्राइडे रिलिज : एक्लै आयो आर्यन र मिरुनाको ‘च च हुई’

शुक्रबार, ०६ मङ्सिर २०७६, ११ : ३२
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौं । आज शुक्रबारबाट फिल्म ‘च च हुई’ प्रर्दशनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको यो फिल्मले एकल प्रदर्शनको अवसर समेत पाएको छ ।

साम्तेन भुटियको निर्देशन रहेको ‘च च हुई’ मा आर्यन सिक्देल, मिरुना मगर, भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

रोमान्टिक कमेडी जनरमा तयार भएको यो फिल्म एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घेले यसैमार्फत् फिल्म निर्माणमा होमिएका हुन् ।

कमेडीमा प्रेमकथा समेत मिसाइएको फिल्ममा लभरब्वाइका रुपमा रुचाइएका अभिनेता आर्यनले कमेडी पनि गरेको बताइएको छ ।

सुजन दाहालको लेखन, राजनराज शिवाकोटीको संगीत, शिशिर खत्रीको कोरियोग्राफी, किशोर नेपालको कला निर्देशन र सुसन प्रजापतीको छायाँकन फिल्ममा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप