मिर्गौलापीडित चौधरीलाई एनआरएनए नाइजेरियाद्वारा सहयोग
राष्ट्रिय समन्वय समितिले तिहारमा देउसी खेली कल्याणकारी कोषमा जम्मा गरेको रकम मिर्गौलापीडितको उपचारको लागि सहयोग गरेको छ ।
समितिले पैसठ्ठी हजार आठ सय सतसठ्ठी कैलालीको टिकापुर नगरपालिका सितापुरका दुवै मिर्गौला काम नलाग्ने भइ काठमाडौंको त्रिभुवन शिक्षण अस्पतालमा उपचाररत बिपन्न परिवारका रमेश चौधरीलाई उपचार सहयोग गरेको हो ।
एनआरएनए नाइजेरियाका सदस्यहरुले गत तिहारको देउसीमा एनआरएनए नाइजेरियाको कल्याणकारी कोषका लागि गरेको सहयोग एनआरएनए नाइजेरियाले टिकापुर सरोकार समूहमार्फत उनको खातामा हस्तान्तरण गरेको थियो ।
सहयोगकर्ताहरुमा चिरञ्जीवी रोका (१०० युएस डलर), बिश्वास पौडेल (१०० युएस डलर), बिदुर घिमिरे (५० युएस डलर), संजय थापा (१०० युएस डलर), अभिषेक मान सिंह (५० युएस डलर), आशा श्रेष्ठ सरकार (२८ युएस डलर), सोमेश अर्याल (५० युएस डलर), हिक्मत थापा – १०० युएस डलर रहेका छन् ।
संकलित रकम रमेशकी श्रीमती रिताकुमारी चौधरीको खातामा जम्मा गरिएको हो । यसअघिको नाइजेरियाका अर्का मनकारराजेन्द्र बक्सीबाट प्राप्त २२,६०० उनको खातामा जम्मा गरि सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना