शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई स्थानमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

शुक्रबार, ०६ मङ्सिर २०७६, १० : १७
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौं । बिहीबार साँझ दुई छुट्टाछुट्टै स्थानमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

दाङको लमही नगरपालिका–६ बेल दमारमा साँझ टिपरको ठक्करबाट घोराही उपमहानगरपालीका–३ बेलुवा घर भएका ५८ वर्षीय बन्धुराम थारुको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमही दाङले जनाएको छ । मृत्तक दाङस्थित कृषि ज्ञान केन्द्रका कर्मचारी रहेको जनाइएको छ ।

लमहीबाट घोराही जाँदै गरेको रा१ब ४८७ नम्बरको मोटरसाइकललाई रा१ख १२७१ नम्बरको टिपरले बिहीबार साँझ पौने ६ बजे ठक्कर दिएको थियो । टिपर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, नवलपरासी बर्दघाट सुस्ता पुर्वको विनय त्रिवेणी गाउँपालिका–३ मा पनि बिहीबार साँझ टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा स्थानीय ४२ वर्षीया विष्णु माया बस्यालको घटनास्थलमै मृत्यु भएको हो ।

साँझ सवा ६ बजे पैदल हिँडिरहेकी बस्याललाई लु२ख  २४१५ नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।

धनुषामा ट्रकको ठक्करबाट मृत्यु

यसैबीच धनुषाको मिथिला नगरपालिका–१० लालगढमा बिहीबार राति ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । स्थानीय पुर्णबहादुर श्रेष्ठकी २० वर्षीया छोरी दिपाको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी दिपालाई उपचारको लागि अस्पताल पु-याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

राति पौने ९ बजे पैदल हिडीरहेकी उनलाई नम्बर नखुलेको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनापछि सवारी साधनसहित फरार चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप