शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालीको आँगनमै सीमा स्तम्भ, एसएसबीले नै पटक–पटक सार्छन् सीमा

शुक्रबार, ०६ मङ्सिर २०७६, ०७ : ५१
शुक्रबार, ०६ मङ्सिर २०७६

भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमि अतिक्रमण गरी सीमा क्षेत्रको दशगजा मिचेर सीमा स्तम्भ नेपालतिर सारेपछि अहिले नेपाली नागरिकको धनी पुर्जामा भएको जग्गासमेत भारतमा पुगेको छ ।

यसरी भारतीय सीमा सुरक्षा बलले अतिक्रमण गरेर सीमा पश्चिम सारिएपछि झापाको गौरीगञ्ज गाउँपालिका–२, पिण्डालघुटुका बासिन्दाको पचासौँ बिघा नेपाली जमिन भारतीयको कब्जामा रहेको छ   । 
स्थानीय बासिन्दका अनुसार यहाँको कृष्णप्रसाद राजवंशी, योगेन्द्र राजवंशी कात्तिकलाल राजवंशी, उत्तमलाल राजवंशी, राजेन्द्र राजवंशी, ओमप्रकाश राजवंशी, चन्द्रमोहन राजवंशी, बनावा राजवंशीलगायतको जग्गा भारतीयको कब्जामा छ । उनीहरूले जग्गाको मालपोत भने बर्सेनी नेपाल सरकारलाई तिरिरहेको बताएका छन् ।

दुई देशको सीमा क्षेत्र कुनै स्तम्भ, बार, वा दशगजाले छुट्याउने गरेको हुन्छ । झापाको पश्चिम दक्षिण गौरीगञ्जस्थित सीमा क्षेत्रमा भने दुई देशको सीमा स्तम्भ नै आश्चर्य लाग्ने स्थानमा गाडिएको छ । झापाको एक सीमा स्तम्भ भने नेपाली बस्तीको बीचमा एक नेपालीको आँगनमा नै गाडिएको छ ।

भारतको एसएसबी हरेक महिनाको तीन पटकसम्म सीमा स्तम्भ हेर्न आउँछन् । हाम्रो देशका सुरक्षा निकायहरू वर्षौंसम्म सीमा क्षेत्रमा नआएपछि भारतीय सीमा सुरक्षा बलले नै सीमा स्तम्भ सार्ने गरेको स्थानीय बासिन्दाको अनुभव छ ।

झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ पिण्डालघुटु निवासी बुद्धिलाल हेमरमको घरको आँगनैमा सीमा स्तम्भ गाडिएको छ । पहिला यो क्षेत्र नेपालकै थियो । भारतको सीमा सुरक्षा बलले एसएसबीले २०५५ सालमा यो सीमा स्तम्भ निर्माण गरेको हेमरमले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा टीकाराम उप्रेतीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप