बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मन्त्री हेरफेर : संविधान संशोधनको माग गर्ने नै संशोधनको खाका तयार पार्ने मन्त्रालयमा

शुक्रबार, ०६ मङ्सिर २०७६, ०६ : ५५
शुक्रबार, ०६ मङ्सिर २०७६

संविधान जारी भएलगत्तै असन्तुष्टि व्यक्त गरी संविधान संशोधको माग गरिरहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको खाका तयार पार्ने मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

डेढ वर्षअघि स्वास्थ्य मन्त्रीका रूपमा सरकारमा गएका उनले बिहीबारदेखि कानुन तथा न्याय मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी अध्यक्षसमेत रहेका यादवको मन्त्रालय छापामार शैलीमा फेरिएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली स्वेच्छाचारिता र निरंकुश रहेको प्रतिक्रिया दिए । यो समाचार आजको राजधानी दैनिकमा  सविन शर्माले लेखेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप