काठमाडौंबाट हिमालय एयरलाइन्सको उडान अब चाङ्सामा
काठमाडौं । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा उडान सेवा शुरु गरेको छ । नेपाली (निजी लगानी) र चीनको संयुक्त लगानी रहेको हिमालयले बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चाङ्सा हुवानगुआ अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो उडान भरेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
हुनान हिमालयको दोस्रो गन्तव्य हो । यसअघि गत कात्तिक १० गते चीनको बेइजिङस्थित डाक्सी इन्टरनेशनल एयरपोर्टमा हिमालयले पहिलो उडान शुरु गरेको थियो । चाङ्सा चीनकै प्रमुख पर्यटकीय शहरमध्येको एक मानिन्छ । नेपाल भ्रमण वर्ष २०२० शुरु हुनुअघि नयाँ बजार अन्वेषण गर्दै सो प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकलाई सेवा दिने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।
एअरलाइन्सले सातामा एक दिन (बुधबार) काठमाडौँबाट चाङ्सा उडान गर्ने र सोही दिन काठमाडौँ फर्कने गरी तालिका सार्वजनिक गरेको छ । चीनमा नयाँ–नयाँ गन्तव्य विस्तारको योजनानुसार चाङ्सा उडान शुरु भएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए । कम्पनीका अध्यक्ष जोउ इन्योङले चीनमा कम्पनीको उपस्थिति व्यापक बनाउने योजना रहेको बताए । काठमाडौँ–चाङ्साको नयाँ थप सञ्जाल जोडिएसँगै नेपालको पर्यटकीय अर्थतन्त्रमा ठूलो योगदान दिने र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने एअरलाइन्सको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी