शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘खेमराज पौडेललाई जिताउँदा पोखरेलीको इज्जत बढ्छ’

बिहीबार, ०५ मङ्सिर २०७६, २१ : १९
बिहीबार, ०५ मङ्सिर २०७६

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले आसन्न उपनिर्वाचन सरकारको परिवर्तनका लागि नभई उसलाई सच्याउनका लागि भएको बताएका छन् । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत विहीबार पोखरा महानगरपालिका–१६ अर्मलाको ¥यालीमा आयोजित चुनावी सभामा उहाँले वर्तमान सरकारबाट जनताले ठूलो आशा गरे पनि त्यो पूरा हुन नसकेको आरोप लगाए ।

सरकारको अलोकतान्त्रिक गतिविधिका साथै देशमा महङ्गी, भ्रष्टाचार, हत्या हिंसा जस्ता गतिविधिले प्रश्रय पाएको बताउँदै उनले सरकारलाई सही बाटोमा डो¥याउनका लागि यो चुनावमा काँग्रेसले जित्नुको विकल्प नभएको उल्लेख गरे ।

काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले जनताले बोकाइदिएको भारी सही ठाउँमा पु¥याएर बिसाउने प्रतिबद्धता व्यक्त गरे । आफूले जनताकै लागि ६० वर्ष राजनीति गरेको भन्दै उनले अबको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्ने स्पष्ट पारे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले त्यागी, इमान्दर र निष्ठावान व्यक्तित्व खेमराज पौडेललाई जिताउँदा पोखरेलीको इज्जत नै माथि हुने धारणा राखे ।

पौडेललाई जिताएर देशैभर इमान्दार व्यक्ति राजनीतिमा आवश्यक पर्छ भन्ने सन्देश दिन पनि आवश्यक रहेकोमा उनको जोड थियो ।

गण्डकी प्रदेशसभा सदस्य कुमार खड्काले देशमा बढिरहेको महङ्गी, भ्रष्टाचार लगायतका गतिविधिका कारण जनता आक्रान्त भएको बताउँदै जनतालाई त्यसबाट मुक्त गराउन काँग्रेसले चुनाव जित्नु अपरिहार्य भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप