सनवे इन्टरनेशनलको दीक्षान्तः ३५ जना दीक्षित
काठमाडौं । सनवे इन्टरनेशनल बिजनेस स्कुलले आफ्नो दीक्षान्त समारोह मनाएको छ । विहीबार सोल्टी क्राउन प्लाजामा एक कार्यक्रमकाबीच उक्त स्कुलले दीक्षान्त समारोह मनाएको हो ।
मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशनका लागि कुल स्नातकका ३५ जनालाई यस वर्ष डिग्री प्रदान गरिएको संस्थाले जनाएको छ ।
इन्फ्रास्ट्रक्चर युनिभर्सिटी मलेसियास्थित क्वालालम्पुरको सम्बन्धन प्राप्त गरेको सनवे इन्टरनेशनल बिजनेस स्कूललाई त्रिभुवन युनिभर्सिटीले स्वीकृति दिएको छ ।
इन्फ्रास्ट्रक्चर युनिभर्सिटी क्वालालंपुरको रजिस्ट्रार अब्दुल रहमान बिन जकारिया पनि समारोहमा उपस्थित थिए । सनवे इन्टरनेसनल बिजनेस स्कूलका एकेडेमिक निर्देशक प्रमोद पौडेलले आफ्नो स्नातकहरूको लागि सफल जीवन बिताउने पाँच पक्षहरू दया, उद्देश्य, क्यारियर, समय र खुशीको आवश्यकताका बारेमा प्रकाश पारे ।
स्नातक कक्षाको प्रतिनिधित्व गर्दै सनवे कलेजलाई आफ्नो शैक्षिक यात्रा भरिका सबै अनुभव, अवसर र समर्थनका लागि उपमा शाक्यले धन्यवाद दिइन्। सनवे कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले स्नातकहरुलाई बधाई दिएर दीक्षान्त समारोहको समापन गरेका थिए ।