बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुग्ण आयोजनाको छानविन गर्न समिति गठन

शुक्रबार, ०२ भदौ २०७४, २२ : ३५
शुक्रबार, ०२ भदौ २०७४

काठमाडौं– शहरी विकास मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका रुग्ण आयोजनाहरु छानविन गरी समस्या समाधान गर्न ‘रुग्ण अयोजनाको छानविन तथा समस्या समाधान समिति’ गठन गरेको छ ।

शुक्रबार सहरी विकास मन्त्रालयले सचिवस्तरीय निर्णय गरी रुग्ण आयोजनाको छानविनका लागि मन्त्रालयका सहसचिव द्वारिका श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।

समितिले मन्त्रालय मातहत देशैभरी सञ्चालित आयोजनाहरुको प्रोजेक्ट स्टाटस माग गर्ने, रुग्ण आयोजनाहरुको पहिचान गर्ने र फायल झिकाई अध्ययन गर्ने, निर्माण व्यवसायी, कर्मचारी कसको कमी कमजोरीले आयोजना रुग्ण भएको हो भन्ने पहिचान गर्नेछ । 

त्यसैगरी आवश्यकताअनुसार निर्माण व्यवसायी एवं सम्बद्ध कर्मचारीसँग मौखिक वा लिखित बयान लिने, कमी कमजोरी गर्नेलाई कारवाहीको सिफारिस गर्ने र रुग्ण आयोजना सम्पन्न गर्न लिनुपर्ने पहलकदमीबारे सिफारिस गर्नेछ । श्रेष्ठको अध्यक्षतामा गठित समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्नु पर्नेछ ।

आफूहरुले छानविनका लागि छानविन गर्न खोजेको नभई आयोजनाहरुलाई गति दिन चाहेको सहरी विकास मन्त्री प्रभु साहले बताए ।  समितिले प्रतिवेदन पेश गरेपछि रुग्ण आयोजनाका दोषीलाई कारबाही गर्न सहज हुने सहरी विकास मन्त्रालयका प्रवक्ता डा. रमेश सिंहले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप