बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकद्वारा मनिपाल अस्पताललाई हेमोडायलेसिस् मेसिन हस्तान्तरण

बिहीबार, ०५ मङ्सिर २०७६, १८ : ३०
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस् मेसिन हस्तान्तरण गरेको छ । 

यो नयाँ मेसिनले मिर्गौला बिरामीहरुलाई उपचारका लागि पर्खिनुपर्ने समय कम गर्न मद्दत पुर्याउनेछ । 

ईबीएलले ठुलो संख्यामा ग्राहकहरुको लाभका लागि विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ र ‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको बैंकको दावी छ ।

मनिपाल अस्पतालका डिन बीएम नागपाललाई एभरेष्ट बैंकका डीजीएम राजिव जैनले सो मेसिन हस्तान्तरण गरेका हुन् ।

सो मेसिन भारतीय दुतावास कोलोनियल ए. च्याम्बीएल एसएम डिफेन्स एट्याची, मनिपाल अस्पताल र पोखराका पेन्सन भुक्तानी कार्यलयका अन्य विभिन्न अधिकारीहरुको उपस्थीतिमा एलटी. जेन. सानतनु दयाल, एभीएसएम, एसएम, भीएसएम, डीजी, डीसी र डब्लूले मेसिनको उद्घाटन गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप