बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतमा ७८ वर्षका व्यक्तिको दौडमा भाग लिएर स्वर्ण पदक जितेलगतै मृत्यु

बिहीबार, ०५ मङ्सिर २०७६, १८ : २६
बिहीबार, ०५ मङ्सिर २०७६

एजेन्सी । भारतको पञ्जाव निवासी ७८ वर्षीय बख्शीश सिंहको १५०० मिटरको दौडलगतै मृत्यु भएको छ । दौडपछि कपडा फेर्ने क्रममा बख्शीशलाई हृदयाघात भएको थियो ।   बख्शीश सो दौडमा प्रथम भएका थिए । पञ्जाब मास्टर धावक एसोसिएशनले बयोवृद्धहरु बीचमा दौड प्रतियोगिता आयोजना गराएको थियो ।

प्रतियोगतामा दौडका विभिन्न प्रतिस्पर्धामध्ये होशियापुरको जलोबालमा बस्ने बख्शीश सिंहले १५०० मिटरमा र ८०० मिटरको दौडमा भाग लिएका थिए । उनी १५०० मिटरमा पहिलो भए भने ८०० मिटरको दौडमा तेस्रो भएका थिए । 

१५०० मिटरको दौडमा पुरा गरेपछि आराम गर्ने क्रममा उनलाई हृदयघात भएको थियो । उनका साथीहरुले उनलाई तत्कालै अस्पताल पु¥याएका थिए । अस्पताल पु¥याएलगतै चिकित्सकले उनलाई मृत घोषणा गरिएको थियो । 

उनका आफन्त महिन्दर सिंह विर्कका अनुसार दौडपछि आराम गर्नका लागि कपडा बदल्ने क्रमा बख्शीश लडेका थिए । महिन्दरका अनुसार बख्शीशलाई दौडमा यति रुचि थियो कि उनी आफ्ना साथीहरुलाई मर्दा पनि मैदानमै मर्न पाए हुने कुरा गर्थे ।

२०० बढी पदक
बख्शीशका मित्र एसपी शर्माका अनुसार बख्शीश बिगतमा उनी सेनामा काम गर्थे । सेनाबाट अवकास लिएपछि उनी शिक्षक बने । तर उनी जीवनभरी दौडका सौखिन थिए ।  सन् १९८२ देखि नै उनले दौडमा भाग लिन सुरु गरेका थिए । त्यस क्रममा उनले कयैन राज्यमा खेल खेले । उनले २०० भन्दा बढी पदक जितिसकेका छन् । 

बख्शीश धेरै जसो ८०० मिटर, १५०० मिटर र ५ हजार मिटर दौडमा भाग लिन्थे । उनी सधैं आफू अस्पतालमा सुई लगाएर मर्नुभन्दा मैदानमा मर्न चाहेको बताउँथे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप